देश/प्रदेश
प्रधानमन्त्रीलाई काँग्रेसको कडा चेतावनीः लगाम उपहार पठाउँ कि सम्हाल्नु हुन्छ आफ्ना मन्त्री

काठमाडौं, असार २६–
सरकारका प्रवक्ता एवंम् सूचना तथा संचारमन्त्री गोकुल बाँस्कोटाले विप्लवबारे कांग्रेसको धारणा माग्दै ‘दिनभर वीपी, रातभर विप्लव’ भनेपछि नेपाली काँग्रेसले कडा आपत्ति जनाएको छ।
काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाको अभिव्यक्तिलाई लिएर कडा प्रतिक्रिया दिएका हुन् । उनले ट्वीटरमार्फत प्रवक्ता बास्कोटालाई सम्हाल्न प्रधानमन्त्री केपी ओलीलाई आग्रह गरेका छन् ।
प्रवक्ता शर्माले ट्वीट गर्दै लेखेका छन्– ‘प्रधानमन्त्रीनै जब असंसदीय शब्द बोल्नुहुन्छ संसदमा तब कुनै फोटोकपी मन्त्रीसंग संस्कारको अपेक्षा कसरी गर्नु ? अराजनीतिक बोलिको जवाफ दिंदै हिंड्नु उचित हुन्न । भनाइ छ हलेदो भनेर चिनिसकेपछी धेरै कोट्याउनु हुन्न १ लगाम उपहार पठाउँ कि सम्हाल्नु हुन्छ आफ्ना मन्त्री ?
छोराछोरी विग्रिए उनीहरुलाई गाली गर्नुको साटो सिधै अभिभावकसँग सम्वाद गर्ने गरिएको भन्दै उनले सोही अनुरुप प्रधानमन्त्रीलाई सचेत गराएको बताए । प्रवक्ता शर्माले विप्लव समूहले हिंसा छोड्नुपर्ने र सरकारले पनि वार्ताबाट समाधान खोज्नुपर्ने कांग्रेसको प्रष्ट धारणा रहेको बताए । उनले भने, ‘जसको दर्शनमा हिंसामा छ, परिस्थितिवश अर्को बाटो स्वीकार गरेको छ, उसले हामीलाई धारणा माग्ने रु हिंसा गरेर संसद कब्जा गर्ने लेलिनलाई तस्वीर पहिले उतारोस् ।’