चितवन विशेष
नारायणगढ–मुग्लिन सडक खण्डः ढुंगा खस्दा ट्रकका सह–चालक घाइते
०

चितवन, असार २६–
चितवनको नारायणगढ–मुग्लिन सडक खण्डमा ढुंगा खस्दा एक जना घाइते भएका छन् ।
आज (बिहीबार) दिउँसो ३ बजेको समयमा भरतपुर–२९ गाईघाटस्थित पोखराबाट वीरगञ्ज तर्फ आउँदै गरेको ट्रकमा माथिबाट ढुंगा खस्दा एक जना घाइते भएका हुन् । घाइते हुनेमा ना ६ ख १६३४ नम्बरको ट्रकका सह–चालक भरतपुर–२५ बस्ने वर्ष २२ का सुमन तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।
उनका अनुसार घाइते तामाङको हातमा चोट लागेको छ । उनको अहिले पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>