चितवन विशेष

विषादीयुक्त भारतीय तरकारीको बिरोधमा भरतपुरमा प्रदर्शन

०
Banner

चितवन, असार २५–

सरकारले विषादीयुक्त भारतीय तरकारी प्रवेश गर्न दिएको भन्दै चितवनका चार विद्यार्थी संगठनले आज (बुधबार) भरतपुरमा सांकेतिक बिरोध प्रदर्शन गरेका छन् ।

नेपाल विद्यार्थी संघ, नयाँ शक्ति विद्यार्थी युनियन, अखिल (क्रान्तिकारी) र समाजवादी विद्यार्थी फोरमले भरतपुरस्थित चौबिसकोठी चोकमा सांकेतिक बिरोध प्रदर्शन गरेका हुन् ।

चरणबद्ध आन्दोनमा उत्रिएका विद्यार्थी संगठनहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको बिरोध गरेका थिए ।

विद्यार्थीको आन्दोलनका कार्यक्रम अनुसार भोलि (बिहीबार) भारतीय नम्बरको गाडी चितवन जिल्लामा निषेध गर्ने कार्यक्रम रहेको नयाँ शक्ति विद्यार्थी युनियन चितवनका अध्यक्ष अनुज जोशीले जानकारी दिए । उनले शुक्रबार विशाल प्रदर्शन गर्ने कार्यक्रम समे रहेको बताए । उनले दुई तिहाइको सरकार भारतसंग लम्पसारबाद परेको भन्दै बिरोध स्वरुपम आन्दोलनको कार्यक्रम घोषणा गरिएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>