राजनीति
पूर्वकर्मचारीको चाडपर्व खर्च कटौती नगर्न काँग्रेसको माग
०

काठमाडौं,असार २५-
नेपाली कांग्रेसले अवकाशप्राप्त कर्मचारीहरुलाई दिइँदै आएको चाडपर्व खर्च कटौती नगर्न माग गरेको छ । संघीय निजामती सेवाको प्रस्तावित विधेयकमाथि संसद्को राज्य व्यवस्था समितिमा गत आइतबार भएको छलफलमा अधिकांश सांसद्हरुले सेवा निवृत्त कर्मचारीहरुलाई चाडपर्व भत्ता दिनु उपयुक्त नभएकाले कटौती गर्न प्रस्ताव गरेका थिए ।
तर, कांग्रेस संसदीय दलको कार्यालयले सेवा निवृत्त कर्मचारीले पाउँदै आएको चाडपर्व खर्च कटौती नगर्न माग गरेको छ । पूर्व कर्मचारीहरुले लामो समयसम्म राष्ट्र सेवकका रुपमा योगदान पु¥याएकाले चाडपर्व खर्चमा मन खुम्च्याउन नहुने मत कांग्रेस संसदीय दलको छ । हाल सेवा निवृत्त कर्मचारीलाई चाडपर्व खर्चबापत दशैंमा १ महिना बराबरको तलब दिइँदै आएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>