देश/प्रदेश

मूल्य बढाउन नपाएपछि मकवानपुरमा माछामासु बिक्री वितरण ठप्प

Banner

हेटौंडा असार २३

मूल्य बढाउन नपाएपछि मकवानपुरका माछामासु व्यवसायीले आज माछामासु बिक्री ठप्प गरेका छन् । बढाएको मूल्यमा बिक्री गर्न प्रशासनले रोक लगाएको भन्दै व्यवसायीले माछामासु बिक्री ठप्प गरेका हुन् ।

गत जेठ ३० गते हेटौँडामा बसेको व्यवसायीको संयुक्त बैठकले असार १ गतेदेखि मासुमा प्रतिकिलो १०० रुपैयाँ वृद्धि गरेकामा १७ दिनपछि जिल्ला प्रशासन कार्यालय र उपभोक्ता मञ्चले मूल्यवृद्धिप्रति आक्षेप लगाएकाले सोको विरोधमा माछामासु बिक्री ठप्प पारिएको माछामासु व्यवसायी सङ्घ मकवानपुरका अध्यक्ष शान्तकी खड्गीले जानकारी दिइन । उनले छिमेकी जिल्लासहित काठमाडौँमा खसीको मासु प्रतिकिलो रु एक हजारदेखि रु एक हजार २०० सम्म रहेकामा मकवानपुरमा प्रतिकिलो रु १०० बढाएर रु ९०० पु¥याएको बताइन।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>