देश/प्रदेश

सर्पदंशबाट बालिकाको मृत्यु

Banner

भद्रपुर, असार २३-

झापा गाउँपालिका–६ स्थित मदरगाछमा विषालु सर्पको टोकाइले सात वर्षीया बालिकाको मृत्यु भएको छ ।

वैधनाथ गोसाइँकी छोरी निरुतालाई आइतबार राति २ बजे सुतिरहेको अवस्थामा सर्पले टोकेको थियो । सर्पले टोकेको थाहा पाएलगत्तै उनलाई कनकाई नगरपालिकास्थित कनकाई सहारा सर्पदंश उपचार केन्द्रमा उपचारका लागि लगिएको थियो ।

बालिकाको उपचारकै क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । झापामा तीन सर्पदंश उपचार केन्द्र रहेका छन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>