चितवन विशेष
पत्रकार कुटपिटको घटनाप्रति पत्रकार महासंघ प्रदेश कमिटीको भत्सर्ना
०

चितवन, असार २२-
सिन्धुलीमा प्रहरीले पत्रकारहरुलाई कुटपिट गरेको घटनाप्रति नेपाल पत्रकार महासंघ प्रदेश कमिटीले भत्सर्ना गरेको छ ।
कमिटीका महासचिव कृष्णसारु मगरले आज प्रेषित गरेको विज्ञप्तिमा शाखाका अध्यक्ष होमबहादुर कार्की (राजन) र पूर्वअध्यक्ष मिनकुमार दाहाललाई असार २१ गते राति सिन्धुलीको कमलामाई नगरपालिका–६ मा भएको आक्रमणप्रति प्रदेश कमिटीको ध्यानाकर्षण भएको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी हवल्दार सलामसिंह लामा र प्रहरी जवान विकाससिंह स्याङतानले अध्यक्ष कार्की र पूर्वअध्यक्ष दाहालमाथि ज्यान मार्ने उद्देश्यसहित कुटपिट गरेको विज्ञप्तिमा आरोप लगाइएको छ । प्रदेश कमिटीले घटनाका दोषीहरुलाई हदैसम्मको कानुनी कारबाहीको माग पनि गरिएको छ । विज्ञप्तिमा घाइतेको उचित उपचारको व्यवस्था गर्न पनि सरकारसँग माग गरिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>