चितवन विशेष
चितवनमा तीन सय पाँच प्रहरी सहायक निरीक्षक दिक्षित (फोटोफिचर)

चितवन, असार २२–
जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा तालीम प्राप्त प्रहरी सहायक निरीक्षकहरु आज (आइतबार) दिक्षित भएका छन् । शिक्षालयमा आज विहान आयोजित दिक्षान्त समारोहमा ३०५ जना प्रहरी सहायक निरीक्षकहरु दिक्षित भएका हुन् ।
उनीहरुलाई ११ महिनासम्म तालीम प्रदान गरिएको थियो । दिक्षित प्रहरी सहायक निरीक्षकहरु आधारभुत तालिम–२ को १७५ औं समूहका हुन् । उनीहरु आजैबाट कार्यक्षेत्रमा प्रवेश गरेका छन् ।
दिक्षित भएका ३०५ जना प्रहरी सहायक निरीक्षक मध्ये २१७ जनाले प्रथम श्रेणी हासिल गरेका छन् भने बाँकी प्रहरी सहायक निरीक्षकले द्धितीय श्रेणी हासिल गरेका छन् । तालीममा उत्कृष्ट अंक हासिल गरेका सहायक प्रहरी निरीक्षकहरुलाई कार्यक्रमका प्रमुख अतिथि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पुरस्कार प्रदान गरेका थिए ।
जुनियर प्रहरी अधिकृत शिक्षालय स्थापनादेखी हालसम्म एक हजार चार सय ७९ जना प्रहरी सहायक निरीक्षक दिक्षित भएका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गृहमन्त्री थापाले दिक्षित प्रहरी सहायक निरीक्षकहरुलाई इमान्दारिता पूर्वक काम गर्न निर्देशन दिँदै इमान्दारितापूर्वक राष्ट्रका लागि प्रहरीले बगाएको पसिनाको कहिल्यै अवमूल्यन हुन नदिने प्रतिवद्धता जनाएका थिए । यस्तै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले दिक्षित सहायक प्रहरी निरीक्षकहरुलाई आफ्नो पेशाप्रति इमान्दर रहँदै गैरव्यवसायिक नबन्न निर्देशन दिए ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।