लुम्बिनी

सरकार र कर्मचारीको दूरीले काम देखिएन: परराष्ट्रमन्त्री ज्ञवाली

Banner

बुटवल, असार ३१-

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले काम गर्न चाहने सरकार र कार्यान्वयन गर्ने कर्मचारीका बीच दूरी रहेका कारण सरकारको काम देखिन नसकेको बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी समिति सदस्य समेत रहेका ज्ञवालीले नेकपाका रुपन्देही जिल्लाका अगुवा कार्यकर्ताहरुको भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले नयाँ परिवर्तन र जनताको चाहानालाई आत्मसाथ गर्न नसक्दा र पुरानै ढाँचामा कर्मचारी संयन्त्र रहेकाले जनताले परिवर्तनको अनुभुति गर्न नसकेको बताए । उनले पार्टी एकीकरणका अधिकांश काम सम्पन्न भएको भन्दै पार्टीको पोलिटब्यूरो बन्न पनि सक्ने र नबन्न पनि सक्ने बताए । पोलिटब्यूरो नहुँदैमा पार्टी सञ्चालनमा समस्या नआउने नेता ज्ञवालीको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>