सुदूरपश्चिम

कञ्चनपुरमा भएको स्कुटर दुर्घटनामा दुई भारतीय महिलाको मृत्यु्

Banner

कञ्चनपुर, असार २१-

बेलौरी नगरपालिका–१० मा शुक्रबार साँझ स्कुटी दुर्घटनामा परी दुई भारतीय महिलाको मृत्यु भएको छ ।

बेलौरीको शिवनगरमा रहेका माइती भेट्न आएका भारतको उत्तरप्रदेशको पिलिभित जिल्ला ग्राम कम्पोजनरका २५ वर्षीय मनिषा हमाल र २३ वर्षीय पलविन्दर चौधरीको युपि २६ एए ६५३८ नं को स्कुटी कल्भर्टमा ठोक्किँदा मृत्यु भएको प्रहरीचौकी भुडाका प्रहरी सहायक निरीक्षक डम्बरसिंह कार्कीले बताउनुभयो ।

दुवै जना माइतीलाई भेट्न आउने क्रममा स्कुटी असुन्तुलन भई कल्र्भटमा ठोक्किँदा गम्भीर घाइते भएपछि तत्कालै एम्बुलेन्समार्फत अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको उनले बताए । मृतक दुवै जनाको शव आज परिवारको जिम्मा लगाइएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>