चितवन विशेष

नयाँ व्यवस्थापनले परिस्कृत बन्दै क्यापिटल कलेज

Banner

चितवन, असार २०-

चितवनको रत्नगर नगरपालिका–४ मा रहेको न्युक्यापिटल कलेजले नयाँ कार्यक्रमहरु थप गर्दै एक्सपर्ट ग्रुपसँग सहकार्य गरे पछि विद्यार्थीहरुको रोजाइमा परेको छ । भर्नाको लागि आवेदन माग भएको केही दिनमा नै सयौं विद्यार्थीले भर्नाको लागि आवेदन दिइसकेको कलेजले जनाएको छ । कलेज सञ्चालक समितिका अध्यक्ष गोविन्दप्रसाद पौडेलले नारायणी अनलाइनलाई भने, ‘ कलेजको शैक्षिकस्तरलाई अन्तर्राष्ट्रिय तहको बनाउन एक्सपर्ट ग्रुपसङग सहकार्य गरेसँगै यस वर्ष गत वर्षको तुलनामा बढी विद्यार्थी आकर्षित भएका छन् ।’

गत असार १ गते कलेज र एक्सपर्ट ग्रुप बीचमा विभिन्न अतिरिक्त क्रियाकलापहरु सञ्चालन गर्न सहकार्य भएको थियो । कलेजका प्रिन्सिपल भूपेन्द्र धितालले न्युक्यापिटल कलेजको व्यवस्थापन नै परिवर्तन भयो भनेर हल्ला चलाइए पनि त्यो निराधार भएको बताए । उनले भने, ‘कलेज र एक्सपर्ट ग्रुपको बीचमा सहकार्य मात्र भएको हो । उनीहरुको शिक्षा क्षेत्रमा अन्तर्राष्ट्रिय नेटवर्क राम्रो भएकोले हामीले सहकार्य गरेका हौं ।’ एक्सपर्ट ग्रुपसँग सहकार्य भएसँगै कलेजमा अतिरिक्त क्रियाकलापहरु बढ्ने कलेजले जनाएको छ । प्रिन्सिपल धितालले कलेजमा पब्लिक स्पिकिङ र विभिन्न प्रयोगात्मक अभ्यासका कार्यक्रमहरु थपिएको जानकारी दिए ।

विसं २०५७ सालमा स्थापना भएको यो कलेजले दुईपटक विज्ञान र व्यवस्थापनमा नेपाल प्रथम भइसकेको छ । यसवर्ष कलेजले मानविकी संकाय पनि थप गरेको छ । त्यस्तै, विज्ञानमा १५० र अन्यमा २७० जना विद्यार्थीहरु अध्ययन गराउने लक्ष्य राखेको कलेजमा पूर्णतया एयर कन्डिसनसहितको कोठा, पर्याप्त खेलकुद मैदान, अत्याधुनिक लाइब्रेरी, होटल म्यानेजमेन्टका प्राविधिक विशेष कक्षाहरु सञ्चालनमा आइरहेका छन् । क्याम्पसबाटै विद्यार्थीको अभिभावकको चाहनाअनुसारको करियर काउन्सिलिङ पनि कलेजले गर्दै आइरहेको छ । भविष्यमा नेपालमा नै बसेर अष्ट्रेलिया र अमेरिका जस्ता विकसित देशको तहको शिक्षा कलेजमा विद्यार्थीहरुले पाउने कलेजको दाबी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>