देश/प्रदेश

खोलाले बगाई दुई जना बेपत्ता

Banner

विदुर, असार २०-

नुवाकोटको ताँदी गाउँपालिकास्थित घट्टेखोला तर्नेक्रममा बिहीबार साँझ दुई जना बेपत्ता भएका छन् । बजारबाट घरायसी सामान किनेर घर फर्कंदा खोला तर्नेक्रममा ती व्यक्ति बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ ।

ताँदी गाउँपालिका–२ बस्ने १७ वर्षीय विनोद लामा तामाङ र सोही ठाउका १७ वर्षीय देवकृष्ण तामाङ सातबिसेस्थित घट्टेखोला तर्ने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए। प्रहरी नायब उपरीक्षक थापाका अनुसार बेपत्ता भएका तामाङको ताँदी खेला, खरानीटार, देविघाट, महादेवफाँट, ठूलोखोला, बुधसिङघाट लगायतका खोलानालामा खोजीकार्य भइरहेको उनले बताए ।

बेपत्ता उनीहरुलाई नुवाकोट प्रहरी, खरानीटार प्रहरी चौकी, देवीघाट चौकी, ताँदीचौकी, सशस्त्र प्रहरी लगायतको टोलीले खोजी गरिरहेको प्रहरीले जानकारी दिएको छ ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>