देश/प्रदेश

बीमाको रकम हात पार्ने लोभमा बाबुले मारे आफ्नै ४ वर्षीया छोरी

Banner

  रौतहट  असार २०-

मानिस पैसाका लागि कति सम्म क्रुर बन्न सक्छ, पछिल्लो उदाहरण बनेको छ-रौतहटको एक घटना । २५ लाख बीमा रकम हात पार्ने लोभमा एक बाबुले आफ्नै नाबालिका छोरीको हत्या गरेका छन । रौतहटको मौलापुर नगरपालिका ६ पथराबुधरामका ३९ वर्षीय रामकिशोर यादवले ४ वर्षीया छोरी लक्ष्मी राय यादवको घाँटी थिचेर हत्या गरेका हुन ।

यादवले गत १६ गते घरमा कुटपिट गरी छोरीको हत्या गरी शव नजिकैको पोखरीमा फालेका थिए । हत्यापछि उनले छोरी हराएको भन्दै गुहार मागेका थिए अन्ततः १७ गते छोरी लक्ष्मीको शव पोखरीमा भेटिएको थियो । प्रहरीले नाबालिका लक्ष्मीको शव फेला परेपछि अनुसन्धानको क्रममा स्वयम लक्ष्मीकै बाबुले बिमाको रकम हात पार्न उनको हत्या गरेको पत्ता लगाएको हो ।

रामकिशोरले कान्छी छोरी लक्ष्मीको एक महिना अघिमात्र स्थानीय प्रभु बैंकमा जीवन बिमा गराएका थिए । एक दिन उनलाइ कसैले भनिदियो कि जीवन बिमा गर्दा बिमककोे बिमा गरिएको एक महिनाभित्र मृत्यु भएमा बिमा रकम दोब्बर फिर्ता हुन्छ। जिल्ला प्रहरी कार्यालय रौतहटमा शुक्रबार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै रौतहट प्रहरीले यादवले छिट्टै ठूलो रकम हात पार्ने लोभमा नाबालिका छोरीको हत्या गरेको अनुसन्धान खुल्न आएको जानकारी दिएको छ ।

नियन्त्रणमा लिएका यादवलाई जिल्ला प्रहरी कार्यालय रौतहटबाट मुलुकी अपराधसंहिता २०७४ को ज्यानसम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गरेर जिल्ला अदालत रौतहटबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>