चितवन विशेष
स्व.गिरिजाको जन्मजयन्तीमा नारायणी किनारमा बालियो लाखबत्ती
०

चितवन, असार १९–
नेपाली काँग्रेसका पूर्वसभापति एवंम् पूर्वप्रधानमन्त्री स्व.गिरिजाप्रसाद कोइरालाको ९६औँ जन्मजयन्तीका अवसरमा चितवनमा लाखबत्ती बालिएको छ ।
नेपाली काँग्रेस चितवनले नारायणी नदी किनारमा बुधबार साँझ लाखबत्ती बालेको हो । दुई सय वटा प्यालामा एक लाखभन्दा बढी बत्ती बालिएको कार्यक्रम संयोजक झलक गुरुङ जानकारी दिए । नारायणी किनारमा हुने श्री गण्डकी नारायणी संरक्षण महाआरतीको बुधबारको खण्ड स्व.कोइरालाको नाममा समर्पित गरिएको थियो ।
लाखबत्ती र दीप प्रज्वलन कार्यक्रमको नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवंम् पूर्वमन्त्री डा मीनेन्द्र रिजाल हिन्दु परम्परा अनुसार सुरुवात गरेका थिए । पार्टीका जिल्ला सभापति जीतनारायण श्रेष्ठले आफ्ना स्व नेताको सम्झनामा लाखबत्ती बालेर पहिलो पटक जन्मदिन मनाइएको बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>