चितवन विशेष

नेपालकै उत्कृष्ट विद्यालय बन्दै रत्ननगरको ‘एञ्जल्स वल्र्ड’

Banner

चितवन, असार १८–

पछिल्लो समय पूर्वीचितवनका विद्यालयहरुको गुणस्तर बढ्दै गईरहेको छ । एकपछि अर्को गर्दै यहाँका विद्यालयहरुले उत्कृष्ट नतिजा ल्याउन थालेका छन् ।

रत्ननगर नगरपालिका–१० मा रहेको एञ्जल्स वल्र्ड स्कुल त्यसको पछिल्लो उदाहरण हो । हालसालै प्रकाशित २०७५ को माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजामा एञ्जल्स वल्र्ड स्कुलबाट दुई जनाले अधिकत ४ जीपीए अंक ल्याएका छन् । होमनाथ पौडेल र सजेश रेग्मीले ४ मा ४ जीपीए ल्याएका हुन् । त्यति मात्र नभई पौडेलले प्रयोगात्मक अंक नजोडिकन सैद्धान्तिक अंकमा मात्रै पनि ४ जीपीए ल्याएका छन् । त्यसैले सो विद्यालयले पौडेल नेपाल प्रथम भएको दावी गरेको छ ।

विद्यालयका सहायक प्राचार्य गणेश पौडेलले विद्यार्थी होमनाथ पौडेल नेपाल प्रथम भएको दावी गरे । उनले भने–‘होमनाथले थेवरीमा मात्रै पनि ४ जीपीए ल्याएका छन्, त्यसैले नेपाल प्रथम भएको हाम्रो दावी छ ।’ उनले विद्यार्थी र शिक्षक÷शिक्षिकाहरुको मेहनतले उत्कृष्ट नतिजा आएको बताए ।

एञ्जल्स वल्र्डले अहिले मात्र नभई विगतमा पनि उत्कृष्ट नतिजा ल्याउने गरेको छ । २०४२ सालमा स्थापना भएको यस विद्यालयले पूर्वी चितवन क्षेत्रमा उत्कृष्ट नतिजा दिँदै आईरहेको छ । २०७० सालको एसएलसी परीक्षामा ९०.५ प्रतिशत अंक ल्याएका निलव क्षेत्री पूर्वी चितवन क्षेत्रकै द्धितीय भएका थिए ।

यस्तै सो विद्यालयले २०७३ को एसईई परीक्षामा पनि उत्कृष्ट नतिजा ल्याएको थियो । सो क्रममा खेमराज अधिकारीले ३.९० जीपीए ल्याउँदै चितवन जिल्लाकै द्धितीय भएका थिए ।

यसपटक पनि हालसालै प्रकाशित २०७५ को एसईई परीक्षामा एञ्जल्र्स वल्र्डले उत्कृष्ट नतिजा ल्याउन सफल भएको सहायक प्राचार्य पौडेलले बताए । उनका अनुसार यसपटक प्रकाशित नतिजामा ४ जीपीए ल्याएका दुईसहित ४ जनाले ‘ए प्लस’, ३ जनाले ‘ए’, ३ जनाले ‘बी प्लस’ र २ जनाले ‘बी’ ल्याएका छन् ।

हाल एञ्जल्र्स वल्र्ड स्कुलमा छ सय जना विद्यार्थी अध्ययनरत रहेको सहायक प्राचार्य पौडेलले जानकारी दिए । यस विद्यालय क्रिष्टल कलेजसंग आवद्ध रहेको छ । दुवैमा गरी नर्सरीदेखी बीबीएससम्म अध्यापन हुँदै आईरहेको छ । क्रिष्टल कलेज होटेल व्यवस्थापन अध्यापन गराउने पूर्वी चितवनकै पुरानो कलेजमा पर्दछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>