चितवन विशेष

अपडेटः पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी संचालन

Banner

चितवन, असार १८–

पहिरोले एकतर्फी संचालनमा रहेको चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी संचालनमा आएको छ ।

इच्छकामना गाउँपालिका–६ स्थित जलविरे, चार किलो र तीन किलोमा खसेको पहिरो हटाइएपछि बाटो दुईतर्फी संचालनमा आएको हो । तीन ठाउँमा खसेको पहिलो आज विहान ८ः४० बजेदेखी पूर्ण रुपमा हटाएर दुईतर्फी संचालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एवंम् प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए । गयराती १०ः३० बजेको समयमा खसेको पहिरो पन्छ्याउने क्रममा राती १२ः५५ बजेको समयदेखी बाटो एकतर्फी संचालन गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>