चितवन विशेष

रत्ननगरमा दैनिक दुर्घटना हुन थालेपछि सडकमै महापुराण

Banner

चितवन,असार १८-

चितवनको रत्ननगर क्षेत्रको राजमार्गमा अत्याधिक दुर्घटना हुन थालेपछि स्थानीयले दुर्घटना न्यूनीकरण र सचेतनाका लागि सडकमै पूजापाठ गरेका छन् । नारायणगढ–हेटौडा सडकखण्ड अन्तर्गत रत्ननगरको वडा नं १० हरिहरटोलमा सडक किनारमै श्रीमद्भागवत् महापुराण (एकाहा एवम् लक्षवर्ती दीप प्रज्वलन) गरिएको हो ।

स्थानीय सिद्धिगणेश आमा समुहको आयोजनामा भएको सो कार्यक्रममा स्थानीय अन्य टोल विकास सस्थाहरु,आमा समुहहरु, इलाका प्रहरी कार्यालय रत्ननगर र व्यवसायीहरुले सहयोग गरेका थिए । खासगरी रत्ननगरको भानुचोकदेखि सौराहाचोकसम्मको राजमार्गमा दैनिकजसो दुर्घटना हुने र महिनामा एकदुई जनाको मृत्यु भइरहेकोले स्वस्तीशान्ति, मृतकको श्रद्धान्जली र सचेतनाका लागि सवै मिलेर पूजापाठ गरिएको सिद्धिगणेश आमा समुहकी उपाध्यक्ष दुर्गा मैनाली सेढाईले जानकारी दिनुभयो । बिहानबाट शुरु गरिएको सो कार्यक्रममा २ लाख भन्दा वढी दीप प्रज्वलन गरिएको थियो भने एकाहा, भागवत पुराण र अनुष्ठान सम्पन्न गरिएको उहाले वताउनुभयो ।

स्थानीय जानकारहरुका अनुसार नारायणगढ हेडौडा सडक खण्ड निमार्णकै क्रममै सोही स्थानमा एक दर्जन मजदुरको मृत्यु भएको थियो । सो पश्चात प्रत्येक वर्ष सवारी दुर्घटना हुने र प्रत्येक महिनाजसो मृत्यु हुने क्रम नरोकिएपछि स्थानीयले मृतकहरुप्रति श्रद्धान्जली र सडक प्रयोककर्ताको सचेतनाका लागि सडकमै महापुराण लगाएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>