चितवन विशेष

पूर्वी चितवनकै उत्कृष्ट विद्यालय बन्दै एकता शिशु निकेतन

Banner

चितवन, असार १५–

पूर्वीचितवनको रत्ननगर–१० बकुलहरमा रहेको एकता शिशु निकेतन पूर्वीचितवनकै नमूना विद्यालयको रुपमा विकास भएको छ ।

विद्यालय स्थापनादेखि नै यहाँ अध्ययनरत विद्यार्थीले राष्ट्रिय, जिल्लाभर र पूर्वी चितवन स्तरीय विभिन्न परीक्षाहरुमा उत्कृष्ट अंक हासिल गरेको विद्यालयका प्राचार्य बालहरि देवकोटाले बताए । हालै प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७५ को नतिजामा यस विद्यालयबाट परीक्षा दिएका सबै विद्यार्थीहरुले राम्रो अंक ल्याई पास भएका छन् । विद्यालयका छात्र आशिष पौडेलले ४ जिपिए अंक ल्याएका छन् भने केतन पौडेलले ३.९५ जिपिए प्राप्त गरेको प्राचार्य देवकोटाले जानकारी दिए । यस वर्ष एसईई परीक्षामा सहभागी ७७ जना मध्ये १८ जनाले ‘ए प्लस’, ३१ जनाले ‘ए’, ९ जनाले ‘बी प्लस’ र ८ जनाले ‘बी’ जिपिए अंक हासिल गर्न सफल भएको प्राचार्य देवकोटाले बताए ।

यसै विद्यालयमा अध्ययनरत विद्यार्थी भूमिका आचार्यले २०७३ सालमा ३.९५ जिपिए प्राप्त गरी छात्रातर्फ नेपाल प्रथम भएकी थिइन् । यसै विद्यालयका छात्र अभिषेक आचार्यले वि.सं. २०७२ सालमा ३.९० जिपिए प्राप्त गरी चितवन प्रथम भएको उनले बताए । साथै २०७५ सालको आधारभूत तह (डिएलई) परीक्षामा कक्षा ८ का छात्र शिव आचार्य रत्ननगर नगरपालिकामै प्रथम भएको देवकोटाले बताए ।

स्थापनाको छोटो समयमै यस विद्यालय राष्ट्रिय, जिल्ला र नगरमै उत्कृष्ट विद्यालयको रुपमा विकास भएको प्राचार्य देवकोटाको भनाई थियो । विद्यालयमा अनुभवी शिक्षक, शिक्षिकाहरुद्वारा पठनपाठनका साथै अतिरिक्त क्रियाकलापहरु समेत गराइने गरेको विद्यालयका सहायक प्राचार्य कमल प्रसाद शर्माले जानकारी दिए । भलिबल, फुटबल, टेबल टेनिस, हाजिरजवाफ, नृत्यका कक्षा तथा प्रतियोगिताहरु निवन्ध, हिज्जे, श्रुतिलेखन लगायतको समेत सिकाइ र प्रतियोगिता गरिने गरेको उनले जानकारी दिए । विभिन्न प्रतियोगिताहरुमा समेत विद्यालयबाट सहभागी विद्यार्थीहरुले जिल्ला तथा नगरस्तरीय विभिन्न उत्कृष्ट पुरस्कारहरु प्राप्त गरेको उनले बताए । विसं २०५२ सालमा स्थापना भएको एकता शिशु निकेतनमा कक्षा नर्सरी देखि १२ कक्षासम्म पठनपाठन हुने गरेको छ ।

प्लस टु पनि पढाउँदै एकता

अभिभावक तथा विद्यार्थीहरुको मागलाई मध्यनजर गर्दै गतवर्षबाट एकता शिशु निकेतनले ११ कक्षाको पढाई शुरु गरेको छ । गत वर्ष कक्षा ११ मा व्यवस्थापनतर्फ कम्प्युटर र होटल म्यानेजमेन्ट तथा मानविकी संकायमा पनि पठनपाठन शुरु गरेको विद्यालयका प्राचार्य बालहरि देवकोटाले जानकारी दिए । गतवर्ष ११ कक्षामा अध्ययनरत विद्यार्थीहरुले राम्रो अंक ल्याई परीक्षा उत्तीर्ण हुने समेत उनको भनाई थियो । अनुभवी शिक्षक, शिक्षिकाहरुबाट पढाई शुरु गरेको ११ कक्षामा सोही विषयहरुको यस वर्ष पनि पढाई हुने प्राचार्य देवकोटाले बताए ।

विद्यार्थीलाई सम्मान

एसईई परीक्षा २०७५ मा एकता शिशु निकेतनबाट सहभागी ४ जिपिए ल्याउने विद्यार्थी आशिष पौडेल, ३.९५ जिपिए ल्याउने विद्यार्थी केतन पौडेलसहित परीक्षामा सहभागी ७७ जना विद्यार्थीहरुले राम्रो अंक हासिल गरेको भन्दै विद्यालयले बधाई तथा सम्मान कार्यक्रम गरेको छ । विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीहरुलाई खादा तथा टिका लगाएर सम्मान गरिएको प्राचार्य देवकोटाले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>