चितवन विशेष

भरतपुर अस्पतालमा एक वर्षमा चार मेसु परिवर्तन, दीर्घकालिन योजना अलपत्र

Banner

चितवन, असार १५-

भरतपुर अस्पतालको नयाँ मेडिकल सुपरिटेण्डेन्टमा डा. श्रीराम तिवारी चयन भएका छन् ।

नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार गरेको निर्णय अनुसार डा तिवारीलाई सो जिम्मेवारी तोकिएको हो । यसअघि नियुक्त भएका डा विश्वबन्धु बगालेले काम सुरु गरेको दुई महिना पनि नपुग्दै उनी नयाँ मेसु नियुक्त भएका हुन् । स्वास्थ्य मन्त्रालयले डेढ महिना अगाडि अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा. विश्वबन्धु बगालेलाई गत जेठ १ गते मेसुमा नियुक्त गरेको थियो ।

त्यसअघि प्राडा कृष्णप्रसाद पौडेल गत असोज ५ मा मेसुमा नियुक्त भएका थिए । गत असार महिनामा मेसु भएका उनले आठ महिनामा भरतपुर अस्पतालमा भौतिक एवम् जनशक्ति विकासमा केन्द्रित भए । उनले अस्पतालमा अनलाइन टिकट प्रणाली, सूचना बोर्ड, अस्पतालमा कुरूवा भवन निर्माण, कृषि विकास बैंक हटाएर प्रयोगशाला सेवा सुरु गराएका थिए । तर, उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले मन्त्रीस्तरीय निर्णयबाट बगालेलाई नियुक्त गरेपछि गत असोजमा मात्रै जिम्मेवारी पाएका डा. कृष्ण पौडेलको गतिमा पूर्णबिराम लाग्यो । डा. पौडेल नियुक्त हुनु अगाडि पनि डा रबिन खड्काले तीन महिना मेसुको जिम्मेवारी पाएका थिए । खड्का अगाडि मेसु रहेका डा. रुद्र मैरासिनीले भने झण्डै दुई वर्ष काम गर्ने अवसर पाए ।

एक वर्षको अवधिमा उपत्यकाबाहिरको प्रमुख केन्द्रीय अस्पताल भरतपुरमा यो चौथोपटक मेसु परिवर्तन हो । भरतपुर अस्पतालका पूर्वमेडिकल सुपरिटेण्डेन्ट डा. कृष्ण पौडेलले अस्पातालमा राजनीतिका कारणले पटकपटक मेसु परिवर्तन हुने गरेको बताए । उनले भने, ‘ मैले अस्पतालमा कुनै काम बिगारेको भन्ने नै थिएन, निकै राम्रो योजनाका साथ काम गरेको थिए तर मलाई अचानक हटाइयो ।’ उनले मन्त्रीलार्ई यसबारे सोध्दा पनि प्रेसरलाई थेग्न नसकेर परिवर्तन गरेको जनाएको नारायणी अनलाइनलाई बताए । उनले अस्पताललाई राजनीतिभन्दा अलग राखे मात्र काम गर्न सकिने विचार राखे । उनले अस्पतालमा मन्त्रालयका मुठीका मानिसलाई नियुक्त गर्ने गरेको आरोप लगाए ।

त्यसैगरी भरतपुर अस्पतालबाट भर्खरै मात्र हटाइएको पूर्वमेसु डा विश्वबन्धु बगालेले नारायणी अनलाइनसँग कुरा गर्दै अहिलेको मेसु मन्त्रालयबाटै ११ औँ तहको समायोजनमा परेर आएकोले आफू हट्न परेको बताए । उनले भने, ‘ अब पनि पहिलेको जस्तै अस्पतालमा मेसु परिवर्तन भइरहने हो भने अस्पतालमा बरबादै हु्न्छ । एउटा ट्रयाकमा गइरहेको बेलामा सबै योजनाहरु चौपट हुन्छन् ।’ त्यसैगरी भरतपुर अस्पतालकै अर्का वरिष्ठ फिजिसिएन डा भोजराज अधिकारीले यसअघिका मेसु परिवर्तनमा राजनीतिक चलखेल भइरहेको भए पनि यसपटक भने समायोजनमा परेर मेडिकल सुपरिटेन्डेन्ट आएको प्रतिक्रिया दिए ।

बढी जनघनत्व रहेको चितवनस्थित यो अस्पताललाई सरकारले २०७० सालमै विस्तार गर्ने गुरुयोजना तयार पारेको थियो । बारबार नेतृत्व परिवर्तनले अस्पताल सुधारको गतिलाई रोक्नुका साथै दक्ष चिकित्सकले आफ्नो सोचअनुसार काम गर्न सक्ने वातावरणलाई पनि खुम्च्याउने गरेको छ ।

उपत्यकाबाहिर बढी ओपिडीसेवा प्रवाह हुनेमध्येको सरकारी भरतपुर अस्पताल स्रोतसाधनका हिसाबले पनि आकर्षक मानिन्छ । दैनिक एक हजार ३०० को हाराहारीमा बिरामीले ओपीडीसेवा लिँदै आएको अस्पतालमा दिनहुँ सयको हाराहारीमा प्रसूति मात्र गराइन्छ । ७०० भन्दा बढी कर्मचारी रहेको अस्पतालमा ११० जना चिकित्सक कार्यरत छन् ।

बढी जनघनत्व रहेको चितवनस्थित यो अस्पताललाई सरकारले २०७० सालमै विस्तार गर्ने गुरुयोजना तयार पारेको थियो । बारबार नेतृत्व परिवर्तनले अस्पताल सुधारको गतिलाई रोक्नुका साथै दक्ष चिकित्सकले आफ्नो सोचअनुसार काम गर्न सक्ने वातावरणलाई पनि खुम्च्याउने गरेको छ ।

पछिल्ला समयमा घरी केन्द्र त घरी प्रदेशअन्तर्गत राख्ने नाममा अस्पताल झन् अस्थिरताको शिकार बनेको थियो । प्रदेश सरकारले अध्यक्ष नियुक्त गरेलगत्तै मन्त्रिपरिषद्ले भरतपुर अस्पताललाई केन्द्र सरकार मातहत राख्ने निर्णय गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>