चितवन विशेष

नारायणगढ–मुग्लिन सडकः बर्खाको समयमा डोजरसहित प्रहरी खटाइयो

Banner

चितवन, असार १५–

बर्खायाम सुरु भएसंगै नारायणगढ–मुग्लिन सडक खण्डमा देखिने समस्या समाधानका लागि चितवन प्रहरीले विशेष तयारी गरेको छ ।

पहिरोले सो सडक खण्ड अवरुद्ध हुने र यात्रुले सास्ती भोग्नु परेको विगतलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय चितवनले यसपटक डोजरसहित प्रहरी परिचालन गरेको प्रहरी नायव उपरीक्षक एवंम् प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए ।

उनले यात्रुलाई सास्ती भोग्न नपरोस् भन्नका लागि इलाका प्रहरी कार्यालय मुग्लिन र प्रहरी चौकी जुगेडीमा डोजरसहितको प्रहरी टोली खटाइएको जानकारी दिए । सो सडक खण्डमा कहीकतै पहिरो गएमा तत्काल पहिरो हटाई सडक संचालनमा ल्याइने र दुर्घटनामा तत्कालै उद्दार गर्ने उद्देश्यले दुवै कार्यालयमा प्रहरी नायब निरीक्षकको कमाण्डमा टोली खटाईएको छ । प्रहरी टोलीमा ५/५ जनाको संख्यामा रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>