भिडियो

चितवने गायक अधिकारीको ‘फूलबारीमा पुतली’ सार्वजनिक (भिडियोसहित)

Banner

चितवन, असार १४–

चितवनका गायक कृष्ण अधिकारीको ‘फूलबारीमा पुतली’ बोलको लोकलयमा सजिएको गीत सार्वजनिक गरिएको छ । गीतामा गायक अधिकारीलाई चर्चित गायीका लक्ष्मी परियारले साथ दिएकी छिन् । गीतको शब्द स्वंम गायक अधिकारीले लेखेका हुन् भने केशर अधिकारीले लय संकलन गरेका हुन् ।

गीतको भिडियोमा पूर्वीचितवनको पर्यटकिय सम्भावना बोकेको श्रीकृष्ण मन्दिर धर्मधाम जिरौना र मनिखोलाको मनमोहक दृश्य देख्न सकिन्छ । आफू पनि पूर्वीचितवनको बासिन्दा भएकोले यसै ठाउँमा रहेको पर्यटकीय गन्तब्यलाई गीतको भिडियोमा समेटिएको बताए ।

भिडियोमा रोशन गुरुङ र रश्मी रामदामको अभिनय देख्न सकिन्छ । अञ्जित बोहराले निर्देशन गरेको भिडियोलाई रोहन राना मगरले कोरियोग्राफी र रामु आचार्यको सम्पादन गरेका हुन् । भिडियोलाई ह्याप्पी मिडिया नेटवर्क रत्ननगरले निर्माण गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>