चितवन विशेष
चितवनमा चोरीका मोटरसाईकल कारोबारमा संलग्न चार जना पक्राउ
०

चितवन, असार १४–
चितवन प्रहरीले चोरीको मोटरसाईकल कारोबारमा संलग्न चार जनालाई शनिबार पक्राउ गरेको छ ।
भरतपुर महानगरपालिका–२० शारदानगरस्थित रोहित मोटरसाइकल वर्कशपमा नेपाल र भारतबाट चोरीका मोटरसाइकल ल्याई पाटपूर्जा विक्री वितरण हुने गरेको भन्ने सूचनाको आधारमा प्रहरीले खनतलासी गर्दा पाटपूर्जाहरु बरामद गरेको प्रहरीले जनाएको छ । सो कार्यक्रममा संलग्न चार जनालाई समेत पक्राउ गरिएको चितवन प्रहरीका प्रवक्ता (डीएसपी) एकनारायण कोइरालाले नारायणी अनलाईनलाई जानकारी दिए ।
पक्राउ पर्नेमा भरतपुर २१ बस्ने २१ वर्षीय रोहित श्रेष्ठ, बाराको कलैया नगरपालिका–८ बस्ने १९ वर्षीय कृष्ण शाह, कलैया–३ बस्ने १८ वर्षीय महाविर चौधरी र भारतीय नागरिक १४ वर्षीय राजा कुमार रहेको डीएसपी कोइरालाले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>