भरतपुर

एसईईमा कम ग्रेड आएपनि पढ्न पाइन्छ भरतपुरको फोब्स कलेजमा प्राविधिक बिषय

Banner

भरतपुर,असार १४-

विगतका बर्षहरुमा आइरन गेटका रुपमा परिचित माध्यामिक शिक्षा एसईईमा कम ग्रेड आएर विद्यार्थीहरु निराश हुने गरेको पाइन्छ । कम ग्रेड आउनेहरुले राम्रो विषय पढ्न पाउदैनन् भन्ने अभिभावकलाई पनि चिन्ताको विषय हुने गरेको छ । तर कम ग्रेड आउँदैमा आत्तिनुपर्ने अवस्था भने छैन् । त्यसको विकल्पमा पछिल्लो समय प्राविधिक धारका विषयमा अध्ययन अध्यापन हुने गरेको छ ।

प्राविधिकका विभिन्न धारहरु मध्य पछिल्लो समय लोकप्रिय होटल म्यानेजमेन्ट विषयमा डिप्लोमा इन होटल म्यानेजमेन्ट एण्ड कुलिनरी आटर्स अध्ययन गरी सक्षम जनशक्तिको रुपमा आफुलाई स्थापित गराउन सकिन्छ ।

भरतपुर महानगरपालिका वडा नम्बर २ क्षेत्रपुरमा रहेको फोब्र्स कलेज र ज्ञानसुधा टेक्निकल कलेज रत्ननगर १ बकुल्लहरले एसईईमा “डि” र “इ” ग्रेड आएका विद्यार्थीहरुलाई लक्षित गरि डिप्लोमा इन होटल म्यानेजमेन्ट एण्ड कुलिनरी आटर्स कार्यक्रम संचालन गरिरहेको कलेजका प्राचार्य दीपक गौतमले जानकारी गराउनु भयो ।

सो विषमा ६ महिना कलेजमा अध्ययन गरे पश्चात स्वदेश तथा विदेशमा स्तरीय होटलमा इन्टर्नसिप पश्चात सजिलै रोजगार प्राप्त गर्न सकिने उहाँले बताउनुभयो । सो विषय एसईई दिएका र कक्षा १२ को परिक्षा दिएर बसेकाहरुले पनि अध्ययन गर्न सक्ने कलेजका सहप्राचार्य हरि शरण पाठकले जानकारी दिनुभयो । अध्ययन पश्चात शतप्रतिशत रोजगारको व्यवस्था गरिने पाठकको दावी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>