मकवानपुर

हेटौंडामा प्रहरी बिट हस्तान्तरण

Banner

हेटौँडा, असार १३–

हेटौँडा–२ स्थित सगरमाथा युपीभीसी उद्योगले ट्राफिक प्रहरी कार्यालय हेटौँडालाई प्रहरी बिट हस्तान्तरण गरेको छ ।

उद्योगका सञ्चालक राजेन्द्र न्यौपाने र रामबहादुर गुरुङले मकवानपुरका ट्राफिक प्रहरी प्रमुख एवम् प्रहरी निरीक्षक वीरेन्द्रकुमार ठाकुरलाई बिहीबार सो प्रहरी बिटको साँचो हस्तान्तरण गरेका हुन् । सडकमा ड्युटी गर्न बसेका ट्राफिकलाई वर्षात्को समयमा निकै ठूलो समस्या हुने भएकाले यो बिटले केही राहत हुने प्रहरी निरीक्षक ठाकुरले बताए । उद्योगले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत रु एक लाख ५० हजारको लागत निर्माण गरिएको प्रहरी बिट हस्तान्तरण गरिएको उद्योगका सञ्चालक न्यौपानेले बताए ।

सो बिट बुद्धचोकमा राखिएको छ । उद्योगको आफ्नै उत्पादनबाट प्रहरी बिट निर्माण गरिएको हो । यो उद्योगले घर निर्माण गर्ने कार्यमा प्रयोग हुने नेपाटपको मेटेरियल प्रयोग गरी युपीभीसीको झ्याल, ढोका, चौकोस आदि उत्पादन गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>