चितवन विशेष

रत्ननगर नगरपालिकाद्धारा गोठमै पशुको उपचार,सुत्केरी पशुको भत्ता बृद्धी

Banner

चितवन,असार १३-

पूर्वीचितवनको रत्ननगर नगरपालिकाले परम्परागत पशुपालनलाई विस्तापित गर्दै किसानलाई व्यवसायिक पशुपालनमा आर्कषित गर्न गोठमै पुगेर पशुको उपचार सुरु गरेको हो । रत्ननगर नगरपालिका पशु विकास शाखाले सुरु गरेको गोठमै पशुको उपचार सम्बन्धी घुम्ती शिविरको मेयर नारायण वनले उद्घाटन गरे ।

रत्ननगर १० बैरियामा रहेको मालिका पशुपालन र्फममा आयोजित उद्घाटन कार्यक्रममा मेयर वनले नगर भित्रका दुधालु गाईभैसीको सुरक्षा गर्ने दायित्व नगरपालिकाले लिएको बताए । नगरमा पशुपालनको विकासको लागि पशुहरुको सुरक्षा गर्न नगरपालिकाले गोठमै उपचारको व्यवस्था गरेको उनले बताए । विशेष गरी पशुहरुको बाझोपन निराकरणको लागि उपचार केन्द्रित हुने वनले जानकारी दिए ।

कृषि तथा वन विज्ञान विश्व विद्यालय रामपुरका प्रा.डा.भूमिनन्द देवकोटा, रत्ननगरका पशु विकास अधिकृत शालिग्राम पौडेल र अधिकृत गोविन्द पौडेलले किसानको गोठ गोठमै पुगेर गाईभैसीको उपचार गरेका छन । पहिलो चरणमा दुई दिनको लागि कार्यक्रम सञ्चालन गरिएको छ । रत्ननगरमा साना ठुला गरी ५० वटा गाई र्फम रहेका छन । दुई दिनमा ५० वटा पशुको बाझोपनको उपचार र २०० भन्दा बढी गाईको अन्य उपचार गर्ने योजना रहेको पशु विकास अधिकृत पौडेलले बताए ।

वडा नं १० का वडाध्यक्ष केशव आचार्यको अध्यक्षतमा भएको कार्यक्रममा मालिका पशुपालन फर्मका सञ्चालक विष्णु पुरी,नगर स्तरीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष शिवकान्त पौडेल लगायतले मन्तव्य राखेका थिए । आगामी आर्थिक बर्षबाट नगरपालिकाले सुत्केरी पशुलाई दिने भत्ता रकम समेत बृद्धि गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>