चितवन विशेष

प्रेसिडेन्सी कलेजमा ‘उद्यमीका कुरा’

Banner

चितवन, असार १२–

प्रेसिडेन्सी कलेज अफ म्यानेजमेन्ट साईन्सेस अन्र्तगतको प्रेसिडेन्सी बिजनेस इन्कुबेसन सेन्टर र अन्तरप्रेरणा प्रा.ली.को संयुक्त आयोजना ‘उद्यमीको कुरा’ अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

‘उद्यमीका कुरा’को सातौं ऋंखलामा ‘डम्टर अन कल नेपाल’ का सिईओ डा. सुमन न्यौपानेसंगको अन्तरक्रिया गरिएको हो । न्यौपानेले ‘डक्टर्स अन कल नेपाल’ सुरुवात गर्दाका अनुभव, संचालन प्रकृया र आगामी दिनका योजनाका बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए । उनले उद्यमी बन्दा पूर्व तयारीका बारेमा पनि आफ्नो अनुभव सुनाएका थिए ।

प्रेसिडेन्सी कलेज अफ म्यानेजमेन्ट साईन्सेजले विगत १९ वर्षदेखि कक्षा ११ र १२, बि.बि.ए.र एम.बि.ए.को अध्यापन गराउनुको साथै अतिरिक्त गतिविधिहरु गर्दै आईरहेको कलेजका बिजनेस डेभलपमेन्ट डाईरेक्टर उज्जवल मरहठ्ठाले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>