चितवन विशेष

भरतपुरको नगरसभा स्थगीत भएकोमा कांग्रेसको ध्यानाकर्षण

Banner

भरतपुर, असार १२-

नेपाली कांग्रेस चितवनले भरतपुर महानगरको नगरसभाको बन्द सत्र रोकिएकोमा ध्यानाकर्षण भएको जनाएको छ । सचिव उत्तम जोशीले मेयरले बन्द सत्र सञ्चालन गर्न समन्वय गर्न नसकेको प्रतिक्रिया दिए । “उपमेयरले विषयगत समिति बनाउने छलफलमा वेवास्ता गरेको गुनासो गर्नुभएको छ, समिति निर्माणमा पनि मेयरको प्रभाव परेको छ”, उनले भने, “पहिल्यै तयारी सकेर औपचारिकताका लागि मात्रै उपमेयरलाई आकस्मिक रुपमा बोलाउने काम भएको छ, महानगरमा दलीय प्रभाव हटाउनुपर्छ ।”

उनले लेखा समिति, जिन्सि समिति विनै महानगरले खरिद तथा आर्थिक गतिविधि गर्दै आएकोमा कांंग्रेसले विगतदेखिनै विरोध जनाउँदै आएको बताए । उनले महानगरको नगरसभाको बन्द सत्रमा प्रतिपक्षि दलका जनप्रतिनिधिलाई वेवास्ता गर्ने काम छाड्नुपर्ने बताए । “समृद्ध महानगर बनाउन मिलेर जानुको विकल्प छैन”, उनले भने, “गुनासा, असन्तुष्टीलाई मेयरले सुन्नुपर्छ ।” उपमेयरले विषयगत समिति गठन प्रक्रियामा असन्तुष्टी जनाउँदै बन्द सत्र बहिष्कार गरेकी छन् । केही कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले पनि बहिष्कार गरेका छन् । महानगरको मेयरमा नेकपाकी मेयर रेनु दाहाल र उपमेयरमा कांग्रेसकी पार्वती शाह ठकुरी निर्वाचित भएकी थिइन् । चुनावमा कांग्रेसले तत्कालिन माओवादी केन्द्रसँग गठबन्धन गरेको थियो । पछि एमाले र माओवादी एकता पछि गठबन्धन तोडिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>