चितवन विशेष

महिला पुर्नस्थापना केन्द्रलाई सहयोग

Banner

सृजना अर्याल

चितवन, असार १२

अन्तर्राष्ट्रिय लागूऔषध पदार्थ तथा अवैध तस्करी विरुद्धको दिवसको सन्र्दभ पारेर भरतपुरको फेमिना ब्युटिपार्लरका सञ्चालकहरुले महिला पुर्नस्थापना केन्द्रमा रहेका लागूपदार्थ दुव्र्यसनी महिलालाई सहयोग गरेका छन् ।

भरतपुर–१ ठिमुरामा रहेको एकता नेपाल चितवन महिला पुर्नस्थापना केन्द्रका लागूपदार्थ प्रयोगकर्ता महिलालाई बुधबार उनीहरुले सहयोग गरेका हुन् । केन्द्रमा रहेका महिलाले आफनो विगत र वर्तमानलाई आफैले मनन गर्न सकुन् भन्दै डायरी र कलमसहित एक दिनको खाना सहयोग गरेका हुन् । सो क्रममा फेमिना पार्लरकी सञ्चालक पिन्की लामा श्रेष्ठले दुर्वव्सनीबाट उन्मुक्ति जीवनको महान सफलता हो भन्दै महिला दुवव्यसनीहरुलाई डायरीमा आफना विगत र वर्तमान उर्तान सुझाइन् । उनले महिला दुर्वव्सनीहरुका क्षेत्रमा काम गर्नु चुनौतीपूर्ण भएको भन्दै यस्ता केन्द्रलाई सबैले सहयोग गर्न आग्रह पनि गरिन् ।

फेमिना कै सञ्चालक सोममाया लामा ले पनि परिवारका सदस्य दुव्र्यसनी मा फस्दा परिवारका सबै पीडामा पर्ने बताइन् । उनले आफनो श्रीमान् समेत लागूऔषध कुलतमा फसेको उदारहण दिँदै त्यसले आफ्नो र परिवारको जीवनमा परेको असरबारे भनिन् । पुर्नस्थापना केन्द्रका अध्यक्ष शान्ता गुरुङ तमाङले आफू एक दशक दुव्र्यसनीमा फसेको उदारहण दिँदै त्यसबाट बाहिर निक्लन गरेको संघर्षका बारेमा बताइन् । उनले दुव्र्यसनी फस्नु जीवन समाप्ती नै हो भन्दै यसबाट उन्मुक्ति पुर्नजीवन हुने भन्दै दुर्वव्यसनीमा फसेका महिलालाई पुर्नजीवन दिन संस्था खुलेको प्रष्टाइन् ।

सो अवसरमा चितवन मेडिकल केलजका मुटुरोग विज्ञ डा .कौशल तिवारी, राष्ट्रिय सहकारी बैक केन्द्रीय लेखा सदस्य तारा गुरुङ्ग, दाता इभेन्टबाट आयोजीत मिेसज चितवन सिजन टुकी विजेता जमुना श्रेष्ठ, पुर्नस्थापना केन्द्रमा रहेका लागूऔषध प्रयोयकर्तालगायतले पुर्नस्थापना केन्द्रको प्रशंसा गरे । लागूऔषध सेवन गर्ने महिलालाई त्यसबाट छुटाउन उद्देश्यका साथ २०६५ सालमा सो केन्द्र स्थापना गरेको अध्यक्ष तामाङले बताइन् । उनका अनुसार हाल ९२५ भन्दा बढी महिला सो केन्द्रमा बसी दुर्वव्यसनीको लत छोडेर गइसकेका छन् । लागूपदार्थ सेवन गरेका महिलालाई केन्द्रले आवासीय सुविधा दुर्वव्सनीबाट मुक्त गराउने गरेका छन् । केन्द्रमा हाल २१ जना लागूऔषध प्रयोगकर्ता महिला रहेका छन् । जसमा १३ वर्ष उमेर समूह दखि ७० उमेरसमूहका रहेका छन् । उनीहरु मध्ये ११ जनाले पैसा तिरेर बसेका छन् भने बाँकी निःशुल्क नै रहेका छन् ।

आर्थिक अवस्था कमजोर भएका महिला दुर्वव्सनीहरुलाई निःशुल्क नै केन्द्रमा बस्ने व्यवस्था मिलाएको हो । सो को लागि उनीहरुले वडा कार्यलयबाट आर्थिक अवस्था कमजोर भएको सिफारिस ल्याउनु पर्ने हुन्छ । पुर्नस्थापना केन्द्रमा रहेका उनीहरुको उपचारलगायतको सेवा पनि केन्द्रले नै बेहोर्ने अध्यक्ष तमाङले प्रष्टाइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>