चितवन विशेष

भरतपुरः दूधमा चार गुणा अनुदान बढ्यो, गर्भवती महिलालाई निःशुल्क एम्बुलेन्स

Banner

चितवन, असार १०–

भरतपुर महानगरपालिकाका दूग्ध किसानहरुले राहत पाउने भएका छन् । महानगरपालिकाले यसअघि दिँदै आइरहेको अनुदान चार गुणाले वृद्धि गरेपछि दूग्ध किसानलाई राहत मिल्ने भएको छ ।

मंगलबार भएको चौथो नगर सभामा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगर प्रमुख रेनु दाहालले दुग्ध उत्पादनमा हाल प्रदान गरिदै आएको प्रति लिटर २५ पैसाको अनुदानलाई चार गुणाले वृद्धि गरिएको जानकारी दिइन् । यससंगै किसानले अब एक रुपैयाँ अनुदान पाउने छन् । यसले दुग्ध उत्पादनमा लाग्ने किसानहरुलाई थप प्रोत्साहन हुने प्रमुख दाहालले बताइन् । उनले भनिन्–‘अनुदानलाई वस्तुगत र थप प्रभावकारी बनाउन कार्यविधि बनाइर लागू गरिन्छ ।’

केही दिन अघि चितवन जिल्ला दूधमा आत्मनिर्भर घोषणा भएको छ । यसले किसानहरुलाई थप हौसला मिल्ने अपेक्षा गरिएको छ ।

नगर प्रमुख दाहालले कृषक एवंम पशु व्यवसायीहरुले कृषि कार्यका लागि बैंकबाट लिने ऋणमा लाग्ने व्याज उपलब्ध गराएर उत्पादनलाई समेत थप प्रोत्साहन गरिने बताए ।

यस्तै महानगरले अर्को महत्वपूर्ण कार्यक्रम महिलाहरुको लागि ल्याएको छ । गर्भवती महिलाहरुलाई प्राथमिकता दिँदै महानगरपालिकाले सुरक्षित प्रसुती सेवा उपलब्ध गराउने कार्यक्रम ल्याएको छ ।

सम्पूर्ण गर्भवती महिलाहरुलाई सुरक्षित प्रसुति सेवा सुनिश्चित गर्न निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने नगर प्रमुख दाहालले बताइन् । उनले दक्ष स्वास्थ्यकर्मीबाट प्रसुति सेवा उपलब्ध गराई पूर्ण संस्थागत प्रसुति सेवायुक्त महानगरपालिका घोषणा समेत गरिने बताइन्

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>