चितवन विशेष

तरुण दलले भन्योः तरुण सदस्य नेकपामा प्रवेश गरेको छैन

०
Banner

चितवन, असार १९–

नेपाल तरुण दल क्षेत्रीय समिति क्षेत्र नं.२ ले कुनै पनि तरुण सदस्यहरु नेकपामा प्रवेश नगरेको स्पष्ट पारेको छ ।

क्षेत्रीय सभापति बुद्धिमान गुरुङले एक विज्ञप्ती जारी गर्दै क्षेत्रीय सदस्यहरु नेकपामा प्रवेश गरेको भनी आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तीमा सामाजिक सञ्जालमा भनिए जस्तो क्षेत्रीय कार्यसमितिको कुनै पनि सदस्य नेकपामा प्रवेश नगरेको उल्लेख गरिएको छ ।

मंगलबार विहान आयोजित एक कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहालले दीपक थापा, सन्तोष गुरूङ, जोखबहादुर श्रेष्ठ र चोके गुरूङलगायतका युवाहरूलाई पार्टी प्रवेश गराएका थिए । उनीहरु सबै काँग्रेसको कार्यकर्ता रहेको बताईएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>