चितवन विशेष

तरुण दलले भन्योः तरुण सदस्य नेकपामा प्रवेश गरेको छैन

Banner

चितवन, असार १९–

नेपाल तरुण दल क्षेत्रीय समिति क्षेत्र नं.२ ले कुनै पनि तरुण सदस्यहरु नेकपामा प्रवेश नगरेको स्पष्ट पारेको छ ।

क्षेत्रीय सभापति बुद्धिमान गुरुङले एक विज्ञप्ती जारी गर्दै क्षेत्रीय सदस्यहरु नेकपामा प्रवेश गरेको भनी आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तीमा सामाजिक सञ्जालमा भनिए जस्तो क्षेत्रीय कार्यसमितिको कुनै पनि सदस्य नेकपामा प्रवेश नगरेको उल्लेख गरिएको छ ।

मंगलबार विहान आयोजित एक कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहालले दीपक थापा, सन्तोष गुरूङ, जोखबहादुर श्रेष्ठ र चोके गुरूङलगायतका युवाहरूलाई पार्टी प्रवेश गराएका थिए । उनीहरु सबै काँग्रेसको कार्यकर्ता रहेको बताईएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>