चितवन विशेष

मूख्यमन्त्री पौडेलको ठोकुवाः ‘तीनै तहका सरकारबीच समन्वय हुन नसके देश समृद्ध बन्न सक्दैन’

Banner

चितवन, असार १०–

३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलले तीन वटै तहका सरकारबीच समन्वय हुन नसके देश समृद्धि नबन्ने ठोकुवा गरेका छन् ।

आज (मंगलबार) भरतपुर महानगरपालिकाको चौथो नगरसभालाई सम्बोधन गर्दै मूख्यमन्त्री पौडेलले तीन तहका सरकारबीच ठिक ढंगले समन्वय गर्न नसकिए सरकारले लिएको गन्तव्यमा पुग्न सकिने बताए । उनले भने–‘नारा दिएर मात्रै सुखी नेपाली, समृद्ध नेपाल बन्न सक्दैन, हामी सबैले ठिक ढंगले समन्व्य गर्नुपर्छ नभए गन्तव्यमा पुगिदैन ।’

मूख्यमन्त्री पौडेलले विगतका दिनहरुमा योजना तथा नीतिहरु गलत ढंगले आउँदा अहिलेको अवस्था सिर्जना भएको भन्दै ठिक गन्तव्य पहिचान गर्नु जरुरी रहेको बताए । मूख्यमन्त्री पौडेलले भने–‘बजेट एकातिर, नीति तथा कार्यक्रम अर्को तिर हुने हाम्रो चलन छ, यो रोगलाई सुधार गरौं ।’ नीति तथा कार्यक्रमहरुलाई कुनै न कुनै ढंगले अक्षरस पालन गर्न बजेटको व्यवस्था गर्न सके मात्रै विकास सम्भव हुने बताए ।

उनले भरतपुर महानगरपालिकाले ल्याएको नीति तथा कार्यक्रम उत्कृष्ट रहेको भन्दै यसलाई प्रयाप्त बजेट विनियोजन गरी कार्यान्वयन गर्नमा जोड दिए । यस्तै मूख्यमन्त्री पौडेलले भौतिक पूर्वाधारलाई मात्रै जोड गर्दा समस्या उत्पन्न हुन थालेको बताए । विकासलाई परिभाषित गर्दा भौतिक पूर्वाधारलाई मात्रै देख्ने र अरु विकासलाई विकास नदेख्दा समस्या आएका उनको बभाइ छ । उनले भौतिक पूर्वाधार मात्रै विकास होइन भन्ने बुझ्न जरुरी रहेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>