चितवन विशेष

विप्लवजी मुलधार राजनीतिमा छिट्टै आउँदै हुनुहुन्छः प्रचण्ड

०
Banner

चितवन, असार १०–

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवंम पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ढिलो चाडो नेत्रविक्रम चन्द ‘विप्लव’ मुलधार राजनीतिमा फर्किने बताएका छन् ।

आज (मंगलबार) भरतपुर महानगरपालिकाको चौथो नगरसभाको समुद्घाटन गर्दै अध्यक्ष प्रचण्डले अशान्ति फैलाएर समस्या समाधान नहुने भन्दै आफूले पाएको जानकारी अनुसार विप्लव छिट्टै मुलधारमा फर्किने बताए । आफूले विप्लवलाई नजिकबाट चिनेको भन्दै विस्तारै नयाँ विचार आएसंगै विप्लव मुलधार राजनीतिमा फर्किने विश्वास व्यक्त गरे ।

अध्यक्ष प्रचण्डले दुई चार वटा बम पड्किदैमा समृद्धिको यात्रा विथोलिन्छ की भन्ने शंका नगर्न आग्रह गर्दै बम पड्काएर कुनै पार नलाग्ने दावी गरे । उनले सबै अवस्था विप्लवले बुझि सकेको भन्दै अब यस्ता गतिविधि विप्लवले धेरै नगर्ने प्रचण्डको विश्वास छ । उनले भने–‘विप्लवजीले सबै कुरा बुझ्दै हुनुहुन्छ, यस्ता गतिविधि अब धेरै गर्नुहुन्न् ।’

अध्यक्ष प्रचण्डले पार्टीका सबै नेताहरुलाई शान्ति प्रक्रियामा आउँदा काठमाडौंमा सुरक्षित अवतरण गराएको भन्दै नबझु्नेहरु विस्तारै फर्किने बताए । उनले विगतमा पार्टी फुटाएर गएकाहरु फर्किदै आईरहेको स्मरण गराउँदै विप्लव पनि त्यसरी नै आउने दावी गरे ।

उनले शान्ति प्रक्रियामा आएपछिको एउटा घटना समेत सुनाए । विप्लवले भनेको कुराको स्मरण गर्दै प्रचण्डले सुनाए–‘कमरेड तपाईले हामीलाई काठमाडौं त लिएर आउनु भयो तर मलाई चाँही अनुभुति के भयो भने नुवाकोटको एउटा भर्खरकी एउटी तामाङनी केटीलाई काठमाडौं लगरे म बिहे गर्छु भनेर बम्बई पु¥याए जस्तो फिल भयो भने ।’

उनले यो कुराले आफ्नो दिमाग हल्लिएको भन्दै भने–‘अब सायद उहाँले बुझनु भएको होला मैले बम्बइ होइन काठमाडौं नै ल्याएको छु सबैलाई । मैले कसैलाई बम्बई लगेको छैन भनेर बुझ्नलाई उहाँले केही केही गर्नु भएको हो, अब धेरै गर्नु हुन्न भन्ने लागेको छ मलाई ।’ उनले आफूले पाएको संकेत अनुसार विप्लवले बम्बई नभई काठमाडौं नै ल्याएको भनेर विप्लवले बुझ्न थालेको बताए । उनले छिट्टै समस्याको शान्तिपूर्ण समाधान हुने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>