चितवन विशेष

देवघाट गाउँपालिकामा ६१ जनालाई रोजगारी

Banner

देवघाट, असार १०-

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत देवघाट गाउँपालिका क्षेत्रमा ६१ जनाले १५ दिनको लागि रोजगारी पाएका छन् ।
देवघाट गाउँपालिकाको वडा कार्यालय तथा रोजगार सेवा केन्द्रमा ५२५ जना बेरोजगार व्यक्तिहरु सूचीकृत भएका र चालु आर्थिक वर्षमा २७ महिला र ३४ पुरुष गरी जम्मा ६१ जनाले कम्तीमा १५ दिन बराबरको रोजगारी पाएको रोजगार संयोजक ध्रुव आचार्यले बताए ।

गाउँ कार्यपालिकाको २०७६ जेठ १५ गतेको निर्णय अनुसार ग्रामीण पर्यटन प्रवद्र्धनअन्तर्गत गोपीटार होमस्टे देवघाट–१ कोटा र कराँदीप होमस्टे, देवघाट–२ बैदीमा शौचालय, पेटी तथा चौतारी निर्माण योजना कार्यान्वयन गरिएको छ । उक्त योजना सम्पन्न गर्न गाउँपालिकाले ८ लाख विनियोजन गरेको आचार्यले नारायणी अनलाइनलाई बताए । पारिश्रमिकमा आधारित सामुदायिक आयोजना सन्चालन कार्यविधि अनुसार कुल बजेटको ७०५ श्रमिकको ज्यालामा र बाँकी निर्माण सामग्रीमा खर्च गर्नुपर्ने प्रावधान रहेको छ ।

देवघाट गाउँपालिकाकोको रोजगार सेवा केन्द्रमा सूचीकृत बेरोजगार व्यक्तिलाई अगामी आर्थिक वर्षमा न्यूनतम १०० दिनको रोजगारी प्रत्याभूत गर्ने, रोजगार तथा सीपमूलक कार्यक्रम सञ्चालन रकामका लागि पारिश्रमिक मार्फत गरिबी न्यूनीकरण र सामाजिक संरक्षणमा योगदान नीति अवलम्बन गरेको गाउँपालिकाले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>