क्रिकेट

चितवनमा क्रिकेट रंगशालाः भरतपुर महानगरद्धार ६ करोड ४५ लाख बजेट विनियोजन

Banner

चितवन,असार १०-

भरतपुर महानगरपालिकाले चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि ६ करोड ४५ लाख रुपैंया बजेट विनियोजन गरेको छ । महानगरपालिकाका तर्फबाट चार करोड र प्रत्येक वडाबाट पाँच/पाँच लाख गरी १ करोड ४५ लाख बजेट विनियोजन गरिएको हो ।

आर्थिक बर्ष २०७६/७७ को बजेट प्रस्तुत गर्दै महानगरपालिकाकी उपप्रमुख पार्वती शाहाले महानगरपालिकाका २९ वडाबाट पाँच/पाँच लाख र बाँकी रकम महानगरपालिकाले विनियोजन गरेको बताउनुभयो । यसअघि प्रदेश नम्बर ३ सरकारले रंगशाला निर्माणका लागि पाँच करोड बजेट विनियोजन गरिसकेको छ । रंगशालाको बारमा डोजर लगाएपछि निर्माणको काम रोकिएको छ भने निर्माण सूचारुका लागि पहल भइरहेको महानगरपालिकाले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>