चितवन विशेष

विद्यार्थीलाई पोलेको घाउको प्राथमिक उपचार बारे सचेतना

Banner

चितवन, असार ८–

चितवनको भरतपुर महानगरपालिका–१९, स्थित किरण अमरजङ गुरुङ माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि आगोले पोलेर भएको घाउमा गरिने प्राथमिक उपचार बारे सचेतना मुलक कार्यक्रम गरिएको छ ।

लायन्स क्लव अफ नारायणगढ, लायन्स क्लव अफ नारायणगढ बालकुमारी र लायन्स क्लव अफ नारायणगढ नारायणीको संयुक्त आयोजनामा गरिएको कार्यक्रममा विद्यार्थी, अभिभावक र शिक्षक शिक्षिकाहरुलाई आगोबाट जल्दा गरिने प्राथमिक उपचार र छालादान बारे जानकारी गराईएको छ ।

फेक्ट नेपाल किर्तिपुर हस्पिटल काठमाडौं, नेपाल बर्न फाउण्डेसन र अलो शोर्षको सहयोगमा आयोजित कार्यक्रममा दुई दशकदेखी छालाको उपचारमा खटिएका हेमन्तध्वज जोशीले छाला दानको महत्व र आगोले जल्दा गरिने प्राथमिक उपचार बारे जानकारी दिएका गराएका थिए ।

जोशीले आगोले जल्दा राम्रो प्राथमिक उपचार नपाउँदा बिरामी धेरैमा समस्या पर्ने गरेको भन्दै यसबारे सबैमा सामान्य जानकारी हुनुपर्ने बताए ।

उनले छालादानको माध्यमबाटै आगोमा परेर घाइते भएकाहरुले नयाँ जीवन पाउन सक्ने भन्दै छाला दान बारे सबैमा जानकारी गराउन आग्रह गरे । उनले भने–‘मरोणपरान्त गरिने छाला दानले धेरैले नयाँ जीवन पाउन सक्छन्, एक जनाको छाला दानले दुई जनाले नयाँ जीवन पाउँछन् ।’

यसैबीच सो अवसरमा लायन्स क्लवहरुले विद्यार्थीहरुलाई रजश्वलाको बेलामा पनि विद्यालय आउन पनि सहज होस् भनेर सेनेटरी प्याड वितरण गरेको छ ।

लायन्स क्लव अफ नारायणगढका पूर्व अध्यक्ष सनदकुमार पिया, निवर्तमान अध्यक्ष हेमन्तध्वज जोशी र वर्तमान अध्यक्ष जीवन कुमार गुप्ताले विद्यालयका प्रधानाध्यापक विजय प्रसाद अर्याल र शिक्षिका सिर्जना दाहाललाई सेनेटरी प्याड हस्तान्तरण गरे । क्लवले यसअघि पनि सो विद्यालयलाई रजश्वलाकै कारण विद्यार्थीले पढाई छोड्न नपरोस् भनेर सेनेटरी प्याड वितरण गरेको थियो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष द्रोणबहादुर गुरुङ, सदस्य खगराज सापकोटा, लियो क्लव अफ नारायणगढका पूर्व अध्यक्ष राजु चौधरी, पत्रकार वीरेन्द्रमणी पौडेललगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>