चितवन विशेष

विमानस्थल परिसरमा व्यावसायिक भवनः एक वर्षको भाडाले पूरै लगानी उठ्दै

Banner

चितवन, असार ८–

भरतपुर नागरिक उड्डयन कार्यालयको चौबिसकोठी तर्फको झाडी फाँडेर बनाएको दुईतले व्यावसायिक भवनको एक वर्षको भाडाले पूरै लागत उठ्ने भएको छ । प्रयोगविहीन भएको जमीनलाई व्यवस्थित गरी रु दुई करोडको लागतमा निर्माण गरिएको भवन बोलपत्रमार्फत एक वर्षको रु दुई करोड आउने गरी भाडामा लागेको छ ।

कार्यालयका प्रमुख पवनकुमार गौतमका अनुसार तीन वर्षका लागि न्यूनतम रु ७८ लाख राखेर बोलपत्र आह्वान गरिएकोमा एउटा फमले तीन वर्षमा रु छ करोड तिर्ने गरी बोलपत्र सकार गरेको छ । अपेक्षाभन्दा निकै बढी भाडा उठ्ने भएको गौतमले बताए । दुईतले सो भवनको एक तलामा २२ वटा कोठा रहेका छन् । बोलपत्रका लागि ६० वटा फमले फारम लगेकामा ३८ वटाले बोलपत्र पेश गरेका थिए । तीन वर्ष लगाएर बनाइएको सो भवन ९८० स्क्वायर मिटर फराकिलो छ । अधिकांशले ठूलो रकम राखेर प्रतिस्पर्धा गरेको गौतमले जानकारी दिए ।

पश्चिम चितवन र पूर्वी चितवन जाने मुख्य चोक भएकाले भाडा रकम धेरै उठ्ने भएको हो । विगतका वर्षमा सरकारी जमीन मिलेमतोमा बोलपत्र मिलाएर कम रकममा भाडामा लगाइने गर्दथ्यो । पछिल्लो समय विद्युतीय पद्धतिबाट बोलपत्र आह्वान (इ विडिङ) गर्न शुरु गरेपछि सरकारी जमीन र भवनको भाडा धेरै उठ्ने गरेको छ ।

फोटोः स्केच (गुगल)

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>