चितवन विशेष

विमानस्थल परिसरमा व्यावसायिक भवनः एक वर्षको भाडाले पूरै लगानी उठ्दै

०
Banner

चितवन, असार ८–

भरतपुर नागरिक उड्डयन कार्यालयको चौबिसकोठी तर्फको झाडी फाँडेर बनाएको दुईतले व्यावसायिक भवनको एक वर्षको भाडाले पूरै लागत उठ्ने भएको छ । प्रयोगविहीन भएको जमीनलाई व्यवस्थित गरी रु दुई करोडको लागतमा निर्माण गरिएको भवन बोलपत्रमार्फत एक वर्षको रु दुई करोड आउने गरी भाडामा लागेको छ ।

कार्यालयका प्रमुख पवनकुमार गौतमका अनुसार तीन वर्षका लागि न्यूनतम रु ७८ लाख राखेर बोलपत्र आह्वान गरिएकोमा एउटा फमले तीन वर्षमा रु छ करोड तिर्ने गरी बोलपत्र सकार गरेको छ । अपेक्षाभन्दा निकै बढी भाडा उठ्ने भएको गौतमले बताए । दुईतले सो भवनको एक तलामा २२ वटा कोठा रहेका छन् । बोलपत्रका लागि ६० वटा फमले फारम लगेकामा ३८ वटाले बोलपत्र पेश गरेका थिए । तीन वर्ष लगाएर बनाइएको सो भवन ९८० स्क्वायर मिटर फराकिलो छ । अधिकांशले ठूलो रकम राखेर प्रतिस्पर्धा गरेको गौतमले जानकारी दिए ।

पश्चिम चितवन र पूर्वी चितवन जाने मुख्य चोक भएकाले भाडा रकम धेरै उठ्ने भएको हो । विगतका वर्षमा सरकारी जमीन मिलेमतोमा बोलपत्र मिलाएर कम रकममा भाडामा लगाइने गर्दथ्यो । पछिल्लो समय विद्युतीय पद्धतिबाट बोलपत्र आह्वान (इ विडिङ) गर्न शुरु गरेपछि सरकारी जमीन र भवनको भाडा धेरै उठ्ने गरेको छ ।

फोटोः स्केच (गुगल)

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>