खेलकुद

प्रथम राष्ट्रिय बिच कबड्डीको उपाधि एपीएफलाई

Banner

चितवन, असार ७–

नेपालमै पहिलो पटक चितवनको नारायणी नदी किनारमा भएको प्रथम राष्ट्रिय बिच कबड्डी प्रतियोगिताको उपाधि विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लवले जितेको छ ।

शनिबार विहानैदेखी परेको वर्षाले खेल हुन नसकेपछि सेमीफाइनलमा पुगेका चार टिमबीच गरिएको गोलाप्रथाको आधारमा एपीएफ विजेता घोषित भएको हो । एपीएफले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । यस्तै प्रतियोगिताको उपविजेता प्रदेश नं.५ भएको छ । उसले ५० हजार रुपैयाँ प्राप्त गरेको छ । प्रदेश नं. ३ र गण्डकी प्रदेश तेस्रो स्थान हासिल गरेका छन् । उनीहरुले २०÷२० हजार रुपैयाँ प्राप्त गरेका छन् । वर्षाले खेल गर्न नसकिएपछि सबै टिमको सहमतिको आधारमा गोलाप्रथाबाट नतिजा घोषणा गरिएको निर्णायक कमिटिका संयोजक पशुपति प्रजापतिले जानकारी दिए ।

१२५ औं ओलम्पिक डे को अवसरमा अखिल नेपाल कबड्डी संघको आयोजनामा शुक्रबार प्रतियोगिता सुरु भएको थियो । प्रतियोगिताको प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले समुद्घाटन गरेका थिए । प्रतियोगितामा दुई विभागीय टोली एपीएफ, नेपाल पुलिस क्लव र ६ वटा प्रदेश टिमसहित आठ टिमले सहभागिता जनाएको थियो ।

नेपालमा सात वर्ष अघिदेखि बिच कबड्डी प्रतियोगिताको सुरुवात भए पनि औपचारिक प्रतियोगिता भने अहिलेसम्म भएको थिएन । नेपालले पहिलो पटक सन् २०१२ मा ओमानमा भएको एसिन गेम्समा बिच कबड्डी प्रतियोगितामा सहभागिता जनाएको थियो । त्यसपछि नेपालले साफ बिच प्रतियोगितामा पनि सहभागिता जनाएको थियो ।

कबड्डी प्रतियोगिता बिच, इन्डोर, सर्कल र राष्ट्रिय गरी चार प्रकारको हुने गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>