खेलकुद

प्रथम राष्ट्रिय बिच कबड्डीको उपाधि एपीएफलाई

०
Banner

चितवन, असार ७–

नेपालमै पहिलो पटक चितवनको नारायणी नदी किनारमा भएको प्रथम राष्ट्रिय बिच कबड्डी प्रतियोगिताको उपाधि विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लवले जितेको छ ।

शनिबार विहानैदेखी परेको वर्षाले खेल हुन नसकेपछि सेमीफाइनलमा पुगेका चार टिमबीच गरिएको गोलाप्रथाको आधारमा एपीएफ विजेता घोषित भएको हो । एपीएफले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । यस्तै प्रतियोगिताको उपविजेता प्रदेश नं.५ भएको छ । उसले ५० हजार रुपैयाँ प्राप्त गरेको छ । प्रदेश नं. ३ र गण्डकी प्रदेश तेस्रो स्थान हासिल गरेका छन् । उनीहरुले २०÷२० हजार रुपैयाँ प्राप्त गरेका छन् । वर्षाले खेल गर्न नसकिएपछि सबै टिमको सहमतिको आधारमा गोलाप्रथाबाट नतिजा घोषणा गरिएको निर्णायक कमिटिका संयोजक पशुपति प्रजापतिले जानकारी दिए ।

१२५ औं ओलम्पिक डे को अवसरमा अखिल नेपाल कबड्डी संघको आयोजनामा शुक्रबार प्रतियोगिता सुरु भएको थियो । प्रतियोगिताको प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले समुद्घाटन गरेका थिए । प्रतियोगितामा दुई विभागीय टोली एपीएफ, नेपाल पुलिस क्लव र ६ वटा प्रदेश टिमसहित आठ टिमले सहभागिता जनाएको थियो ।

नेपालमा सात वर्ष अघिदेखि बिच कबड्डी प्रतियोगिताको सुरुवात भए पनि औपचारिक प्रतियोगिता भने अहिलेसम्म भएको थिएन । नेपालले पहिलो पटक सन् २०१२ मा ओमानमा भएको एसिन गेम्समा बिच कबड्डी प्रतियोगितामा सहभागिता जनाएको थियो । त्यसपछि नेपालले साफ बिच प्रतियोगितामा पनि सहभागिता जनाएको थियो ।

कबड्डी प्रतियोगिता बिच, इन्डोर, सर्कल र राष्ट्रिय गरी चार प्रकारको हुने गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>