चितवन विशेष

नारायणगढ-मुग्लिन सडकमा छुट्टाछुट्टै दुर्घटना, एकको मृत्यु, आठ घाइते

Banner

भरतपुर,असार ७-

नारायणगढ–मुग्लिन सडकखण्डमा आज भएका छुट्टाछुटै दुर्घटनामा एकको मृत्यु भएको छ । अन्य आठ घाइते भएका छन् । नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा १ प ५०५ नंको बसले मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ग१त ७३०८ नंको कारलाई ठक्कर दिँदा कारमा सवार पाँचमध्ये स्याङजाका ४८ वर्षीय होमबहादुर थापाको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ ।

अन्य दुईको चितवन मेडिकल कलेज र एक/एक जनाको भरतपुर अस्पताल र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । घाइतेमध्ये दुईको अवस्था गम्भीर छ । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै आजै नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गतकै भरतपुर २९ केराबारीमा पानीको ट्याङकर र कार एकापसमा ठक्कर खाँदा चार घाइते भएका छन् । नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना१क ५४२७ नंको ट्याङ्कर र मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ग१च ९७०० नंको कार एकापसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।

दुर्घटनामा कारमा सवार चार घाइते भएका छन् । उनीहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>