चितवन विशेष

बाघको आक्रमणले घाइते भएका सुवेदीको मृत्यु

Banner

चितवन, असार ७–

बाघको आक्रमणमा परी घाइते भएका माडी नगरपालिका–६, कल्याणपुरका गंगाधर सुवेदीको निधन भएको छ ।

भरतपुर अस्पतालमा उपचारको क्रममा सुवेदीको शनिबार दिउँसो निधन भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उपचारको क्रममा सुवेदीको टाउकोको शल्यक्रिया समेत गरिएको थियो । उनको शनिबार नै देवघाटमा अन्त्येष्टी गरिएको छ ।

असार ३ गते दिउँसो माडीको सिमरा गाउँ नजिकै काँस घारीमा गाईवस्तु चराउन गएका ६७ वर्षीय सुवेदीलाई बाघले आक्रमण गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>