चितवन विशेष

प्रयोगकर्ताकै सहयोगमा चितवनमा ‘लागुऔषध डिलर सर्च’

Banner

चितवन,असार ७-

चितवनमा प्रहरीले लागुऔषध नियन्त्रणका लागि बिक्रीवितरण गर्ने ‘डिलर सर्च अभियान’ थालेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार लागुऔषध प्रयोग र बिक्री वितरण रोक्ने उद्देश्यले उक्त अभियान चलाइएको हो । प्रहरीले यही बुधबारदेखि आजसम्म जिल्लाका विभिन्न स्थानबाट लागुऔषध प्रयोग गरिरहेकै अवस्थामा ९८ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका १५ देखि ४० वर्षसम्मका थिए ।

यसरी विभिन्न क्षेत्रमा लागुऔषध दुरुपयोगका घटना बढ्न थालेपछि डिलर खोजेर कारवाही गर्ने अभियान थालिएको हो । कतिपयलाई भने सम्झाएर प्रयोग नगर्ने सर्तमा छाडिएको प्रहरी उपरीक्षक दानबहादुर मल्ले जानकारी दिनुभयो । सो अवधिमा ९० जना लागुऔषध प्रयोगकर्तालाई सम्झाएर अभिभावकको जिम्मा लगाइएको छ भने आठ जनामाथि मुद्दा अघि बढाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्ले जानकारी दिनुभयो । पक्राउपर्नेमा भरतपुरका शङ्कर नेपाली, सनिस ठकुरी, अनिष बोटे, गणेशसिंह ठकुरी, प्रविनसिहं ठकुरी, सुजनमल्ल ठकुरी, प्रविन महतो र अमृत गुरुङ रहेको प्रहरीले जनाएको छ ।

अनुसन्धानबाट केही डिलरको पहिचान पनि भइसकेको उहाँले जानकारी दिनुभयो । “लागुऔषध जिल्लाको मुख्य समस्याका रुपमा देखिएको छ”, उहाँले भन्नुभयो, “लागुऔषध प्रयोगकर्ताको सहयोगमा डिलर सर्च भइरहेको छ । यो अभियान निरन्नतररुपमा चलाइनेछ ।” पक्राउ परेका अधिकांश लागुऔषध प्रयोगकर्ताका अभिभावकलाई सन्तानका बारेमा अनविज्ञ भएको पाइएको थियो । जिल्लाको शान्तिसुरक्षालाई मजबुत बनाउन लागुऔषधको बिक्री वितरण गर्ने डिलरसम्म पुग्न खोजेका बताउनुभयो ।

जिल्लामा हुने अपराध, हिंसाको कारक तत्व लागुऔषध देखिएकाले प्रहरीले यो अभियानमा साथ दिन यहाँका नागरिकलाई अनुरोध पनि गरेको छ । चितवन जिल्ला नेपालको केन्द्र भागमा पर्ने भएकाले लागुऔषधको ट्रान्जिट प्वाइन्टका रुपमा चिनिएको छ ।

यसपटक प्रहरीले पक्राउ परेका लागुऔषध सेवनकर्ताको कपाल काट्ने र लागुऔषधले घर परिवार, समाजमा पर्ने नकारात्मक प्रभावका बारेमा प्रशिक्षण दिएको थियो । त्यस्तै पक्राउ पर्नेको तस्बीरसहितको अभिलेख तयार पारेको प्रहरीले जनाएको छ ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>