चितवन विशेष

बोस्टन कलेजको आयोजनामा बजेट सम्बन्धी अन्तरकृया कार्यक्रम हुँदै

Banner

चितवन,असार ६-

बोस्टन इन्टरनेशनल कलेज भरतपुरको आयोजनामा ‘अहिलेको बजेट र यसका चुनौतीहरु’ बिषयक अन्तरकृया कार्यक्रम हुने भएको छ । बोस्टन कलेज र उद्योग बाणिज्य संघ चितवनको संयुक्त आयोजनामा असार ८ गते अन्तरकृया कार्यक्रम आयोजना हुन लागेको शुक्रबार कलेजमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ ।

कार्यक्रममा आर्थिक बर्ष २०७६/७७ को बजेट माथि छलफल तथा अन्तरकृया हुने कलेजका एसोसिएट डाइरेक्टर पुष्पराज अधिकारीले जानकारी दिनुभयो । उक्त कार्यक्रममा विरेन्द्र बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख प्रध्यापक डा. केशवभक्त सापकोटा, नेपाल राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक मनबहादुर थापा, झनक शर्मा पौडेल, उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधान, चितवन उद्योग संघका बरिष्ठ उपाध्यक्ष राजु पौडेल, नयाँ पत्रीका दैनिकका आर्थिक ब्युरो प्रमुख जनार्दन बराल लगायतको बिशेष उपस्थिती रहने कलेजले जनाएको छ ।

यस्तै कार्यक्रममा चितवन जिल्ला भरी रहेका सबै बैंकका प्रतिनिधिहरुलाई समेत उपस्थित हुनका लागि अनुरोध गरिएको कलेजले जानकारी दिएको छ । कलेजमा हालै मात्र गठन भएका १० वटा क्लबका सदस्य विद्यार्थीहरुले उक्त कार्यक्रममा सहभागी भई छलफल तथा अन्तरकृया गर्ने बताईएको छ । यस किसिमका कार्यक्रमको माध्यमबाट विद्यार्थीहरुले राष्ट्रिय अर्थतन्त्र र बजेटको वर्तमान अवस्था बारे जानकारी पाउने कलेजको विश्वास छ ।

कलेजहरुमा यस्ता कार्यक्रम महत्वपूर्ण भए पनि बिरलै हुने गरेको एसोसिएट डाइरेक्टर अधिकारीले बताउनुभयो । अहिलेका विद्यार्थीहरु नै भोलीको नेतृत्वकर्ता भएकोले उनिहरुमा नेतृत्व क्षेमता बिकासका लागि कलेजले यस किसिमको कार्यक्रमहरु आयोजना गर्दै आईरहेको उहाँले बताउनुभयो । कलेजले राष्ट्रिय तहकै अन्तक्रियात्मक कार्यक्रम आयोजना गर्न लागेको र यो कार्यक्रम प्रभावकारी हुने उनले विश्वास ब्यक्त गर्नुभयो । यसअघि पनि बोष्टन कलेजले विभिन्न कार्यक्रमहरु सम्पन्न गरिसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>