खेलकुद

चितवन च्याम्पियनसिपः जु फुटबल क्लब तेस्रो

Banner

चितवन, असार ६–

भरतपुरमा जारी पाँचौँ हानामी चितवन च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत जु फुटबल क्लब तेस्रो स्थान हासिल गरेको छ ।

देशभक्त फुटबल क्लब नवलपरासी आज उपस्थित नभएपछि जु फुटबल क्लव तेस्रो स्थान हासिल गरेको हो । चितवन च्याम्पियनसिपको पूर्व विजेता समेत रहेको जु फुटबल क्लब यस प्रतियोगितामा तेस्रो स्थानमा चित्त बुझाउन बाध्य भएको हो ।

प्रतियोगिताको आयोजक एभरेष्ट क्लबका अध्यक्ष अशोक देवकोटाका अनुसार देशभक्त फुटबल क्लबले प्राविधि कारण देखाउँदै आजको खेलमा सहभागी नजनाएको हो । देशभक्त सहभागी नभएपछि जु फुटबल क्लबलाई स्वतः तेस्रो घोषित गरिएको छ ।

प्रतियोगिताको तेस्रो स्थान हासिल गरेसँगै जु फुटबल क्लबले ५० हजार रुपैयाँ पुरस्कार पाउने देवकोटाले जानकारी दिए । यसैगरी, प्रतियोगिताको भोलि फाइनल खेल हुनेछ । फाइनल खेलमा नवलपुरको अभिषेक चर्च रजहर र भरतपुरको जुनियर प्रहरी अधिकृत शिक्षालयको खेलाडीबीच प्रतिस्पर्धा हुने देवकोटाले बताए ।

अभिषेक चर्चले जु फुटबल क्लब जुगेडीलाई हराउँदै फाईनल प्रवेश गरेको थियो भने प्रहरीले देशभक्त फुटबल क्लबलाई हराउँदै फाईनल प्रवेश गरेको थियो । प्रतियोगिताको विजेताले उपाधिसहित तीन लाख रुपैयाँ नगद तथा मेडल र प्रमाणपत्र पाउने एभरेष्ट क्लबका सल्लाहकार सन्तोष पनेरुले जानकारी दिए । त्यस्तै उपविजेता समूहले एक लाख ५० हजार रुपैयाँका साथै मेडल एवम् प्रमाणपत्र पाउने पनेरुले बताए ।

प्रतियोगिताको फाइनल खेल अवलोकन तथा समापनका लागि शनिबार उज्यालो नेपालका अभियान्ता पूर्व उर्जामन्त्री एवंम् नेकपाका नेता जनार्दन शर्मा आउने आयोजकले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>