चितवन विशेष

भारतमा १८ वर्षपछि पहिलो पटक नेपाली चलचित्र ‘आप्पा’ प्रदर्शन हुने

Banner

चितवन, असोज ६–

प्रायः नेपाली चलचित्रहरु हलमा प्रदर्शन हुने भनेको नेपालमै मात्र हो । नेपाल बाहिरका देशमा नेपाली चलचित्र च्यारिटि शो मात्रै हुने गरेको छ । छिमेकी मुलुक भारतमा पनि नेपाली चलचित्र च्यारिटीको रुपमा मात्रै प्रदर्शन हुँदै आइरहेको छ ।

‘दर्पण छायाँ’ चलचित्र पछि कुनै पनि नेपाली चलचित्र भारतमा औपचारिक रुपमा प्रदर्शनमा आउन सकेको छैन् । तर यसपटक यही असार १३ गतेदेखी प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘आप्पा’ भारतीय सिनेमा हलहरुमा समेत प्रदर्शन हुने भएको छ । नेपालका हलमासंगै भारतका २५ वटा हलमा चलचित्र प्रदर्शन हुने चलचित्रका निर्देशक अनमोल गुरुङले जानकारी दिए । आज चलचित्रको प्रचारप्रसारको क्रममा चितवन आइपुगेको फिल्म युनिटले चलचित्र प्रदर्शनको बारेमा जानकारी दिएको हो । निर्देशक गुरुङले भारतमा पनि नेपाली भाषीहरु धेरै भएकाले ‘आप्पा’ले दर्शकको मन जित्ने बताए । उनले ‘आप्पा’ राम्रो बनेकोले एक पटक हल सम्म पुगेर चलचित्र हेरेर प्रतिकृया दिन आग्रह गरेका छन् ।

चलचित्रका मुख्य कलाकार दयाह्याङ राईले ‘आप्पा’ दार्जिलिङ देखी सन्दपुर सम्मको यात्राको कथा भएको बताएका छन् । उनले चलचित्र आफ्नो भूमिका बिर्खे नाम गरेको एक ड्राईभरको रहेको र त्यही ड्राईभरको वरपर नै कथा घुमेको बताएका छन् ।

निर्देशक गुरुङकै कथा रहेको ‘आप्पा’ मा उनी सँगै उमेश उपामाको पटकथा रहेको छ । चलचित्रमा दयाह्याङ सँगै पुराना कलाकार तथा निर्देशक तुलसी घिमिरे, सिद्धान्तराज तामाङ र अल्लोना काबो लेप्चा र अरुणा कार्की लगायतको पनि मुख्य अभिनय रहेको छ । सिद्धान्तराज र अल्लोनाको लागि यो डेब्यु चलचित्र हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>