खेलकुद

चितवनमा प्रथम राष्ट्रिय बिच कबड्डी प्रतियोगिता सुरु

Banner

चितवन, असोज ६–

चितवनको नारायणी नदी किनारमा प्रथम राष्ट्रिय बिच कबड्डी प्रतियोगिता सुरु भएको छ ।

नेपालमै पहिलो पटक यो प्रतियोगिता चितवनमा आयोजना गरिएको हो ।

१२५ औं ओलम्पिक डे को अवसरमा अखिल नेपाल कबड्डी संघको आयोजनामा सुरु भएको प्रतियोगिताको आज (शुक्रबार) प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले समुद्घाटन गरे । प्रतियोगिता अन्तरगत आज लिगकम नकआउट चरणका खेलहरु भएका छन् ।

प्रतियोगितामा दुई विभागिय र ६ वटा प्रदेश टिमसहित कुल आठ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले एक लाख, उपविजेताले ५० हजार र तृतीय हुने दुई टिमले २०/२० हजार रुपैयाँ पुरस्कार पाउने प्रतियोगिताका निर्णायक कमिटि संयोजक पशुपति प्रजापतिले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>