चितवन विशेष

रत्ननगरमा वस्तुगत विवरण तथा घरधुरी संकलन सुरु

Banner

चितवन, असार ६–

रत्ननगर नगरपालिकाले शुक्रबारदेखि वस्तुगत विवरण तथा घरधुरी संकलन सुरु गरेको छ । नगरको बस्तु स्थिति बुझेर सोही अनुसार विकास निर्माणका योजना बनाउन नगरपालिकाले वस्तुगत विवरण तथा घरधुरी संकलन सुरु गरेको हो ।

सो कार्यको शुक्रबार उद्घाटन गर्दै नगर प्रमुख नारायण बनले नगरपालिकाको प्रोफाईल तयार गर्न घरधुरी संकलन सुरु गरिएको बताए । ‘हचुवाका भरमा योजना बनाउँदा त्यति प्रभावकारी भएको पाइएन’ प्रमुख वनले भने ‘तथ्याङकका आधारमा विकासको काम गर्ने योजनाका साथ तथ्याङक संकलन सुरु गरेका हौं ।’

कार्यक्रममा उपप्रमुख विमला दुवाडीले नगर भित्रका घरधुरी, जनसंख्या, जातिय अवस्थाको पहिचान गर्न तथ्याङक संकलन गर्न लागिएको बताइन् । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत टुवराज पोखरेलले यथार्थपरक तथ्याङक संकलन गर्न गणकहरुलाई आग्रह गरे । ‘हामीले संकलन गरेको तथ्याङक गलत भयो भने त्यसले विकासको गतिमा असर गर्छ’ उनले भने ‘त्यसैले यथार्थपरक तथ्याङक आउनु पर्छ ।’ वस्तुगत विवरण तथा घरधुरी संकलनका लागि नगरपालिकाले ८० जना गणकहरु परिचालन गरेको छ ।

१६ वटा वडा रहेको रत्ननगरमा एउटा वडामा ५ जनाको दरले गणक परिचालन गरिएको आइटी अधिकृत रवि तिवारीले जानकारी दिए । एक महिनाभित्र तथ्याङक संकलनको काम सक्ने योजना रहेको उनले बताए । उद्घाटन कार्यक्रममा प्रशाशकीय अधिकृत संगम सापकोटा, नगर प्रवक्ता राजेन्द्र हमाल लगायतले मन्तव्य राखेका थिए । सो अवसरमा गणकलाई छाता र घरमा टाँस गर्ने स्टिकर समेत प्रदान गरिएको थियो । गणकहरुले पारिवारिक संख्या, शिक्षाको अवस्था, आर्थिक अवस्था, कृषि, बसोबास गर्दै आएको समय लगायतको विषयमा केन्द्रित रहेर तथ्याङक संकलन गर्ने छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>