चितवन विशेष
मिलन लामाले ल्याए ‘कल्ले चलायो’ ? (भिडियोसहित)

चितवन, असार ६–
चितवने चर्चित गायक मिलन लामाले केही समयको बिश्राम पछि नयाँ गीत ‘कल्ले चलायो’ लिएर बजारमा आएका छन् । स्वंम् शब्द/संगीत/संकलन रहेका मिलनले ‘कल्ले चलायो’ बोलको गीत ल्याएका हुन् । यस गीतको संगीत संयोजन भने कृष्ण बिके ‘भान्जा’ को रहेको छ ।
नेपाली सांगीतिक क्षेत्रमा थुप्रै सुपर हिट गीत दिएका लामाको नया गीतले बजारमा राम्रै चर्चा पाउने देखिन्छ । मिलन लामाले यसअघि ‘ हङकङ आइडीले, ‘कृष्ण भिरमा जाम, माझी दाई पोखरा फेवातालको’, बाटो खुल्यो मोटर चल्यो जुम्ला कालिकोटको,’गल्कोटे साइलो’, ‘लालु पाते फूल छैन ‘,घरमा पराल बारीमा बंशो, सत्य कथा जस्ता दर्जनौ हिट गीत दिसकेका छन् ।
चितवनको लोथरमा छायांकन गरिएको भिडियोमा मिलन लामा, सगुन श्रेष्ठ, रिना थापा मगर, रविन्द्र तितुङ्ग, प्रविन डल्लाकोटी र आभास लामाको अभिनय रहेको छ । गीतमा माया प्रेमको कुरा गरिएको छ ।दही जस्तो जमेको हाम्रो माया कल्ले चलायो भन्दै गीतको भिडियोलाई रमाइलो तरिकाले निर्माण गरिएको छ ।
गीतको भिडियोलाई गायक मिलन लामाले नै निर्देशन गरेका हुन् । प्रविन भट्टको सम्पादन छायांकन गरेको यस भिडियोलाई मौसम हिमालीले कोरियोग्राफी गरेका हुन् । भिडियोलाई कारण चैसिरले छायांकन गरेका हुन् । गीतलाई मिलन लामाको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।