चितवन विशेष

देश विकासका लागि पर्यटन क्षेत्रको विकास गर्नुपर्छः उपराष्ट्रपति पुन

Banner

चितवन, असार ६–

उपराष्ट्रपति नन्दबहादुर पुनले देशको विकासका लागि पर्यटन क्षेत्रको विकास गर्नुपर्ने बताएका छन् ।

आज बिहान गलेश्वर आश्रममा आयोजित स्वागत कार्यक्रममा उनले धार्मिक पर्यटनको विकासमा सबै लाग्नुपर्नेमा जोड दिएका हुन् । सनातन पूर्वीय दर्शन तथा सभ्यताको संरक्षण गर्न र देवघाट क्षेत्रको विकासका लागि प्राथमिकता दिन उपराष्ट्रपति पुनले सरकारलाई सुझाव दिने बताए ।

उनले हरिहर सन्यास आश्रम, परमानन्द संस्कृत विद्यापिठ, वेनी सङ्गम, अघोर आश्रम, वशिष्ठ गुफा, सिता गुफा, सिद्धेश्वर शिवालय मन्दिर, गलेश्वर आश्रम, महेश सन्यास आश्रम, विध्येश्वर मन्दिर दर्शन गर्नुभएको थियो । उपराष्ट्रपति पुनलाई देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिव पौडेलले देवघाट क्षेत्रको वस्तुस्थितिबारे जानकारी गराएका थिए ।

उनका अनुसार पहिलो पटक देवघाट पुगेका उपराष्ट्रपति पुनले यस क्षेत्रको विकासका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने बताए । पाँचौँ अन्तर्राष्ट्रिय योग दिवसको विशेष कार्यक्रमलाई सम्बोधन गर्न बिहीबार चितवन आएका पुन आज काठमाडौँ फर्कने कार्यक्रम छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>