चितवन विशेष
भरतपुरको बसेनीमा शहरी स्वास्थ्य क्लिनिकको नयाँ भवन बन्ने
०

चितवन, असार ५-
भरतपुर महानगरपालिका–११ बसेनीको जखेडीमाईमा शहरी स्वास्थ्य क्लिनिकको नयाँ भवन बन्ने भएको छ ।
महानगरपालिकाको ७५ लाख रुपैयाँको लागतमा बन्ने यस दुई तले भवनको भरतपुर महानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष बाबुराम अधिकारीले बुधबार शिलान्यास गरेका हुन् । नयाँ भवन सञ्चालनमा आउन झण्डै एक वर्ष लाग्ने वडा अध्यक्ष अधिकारीले जानकारी दिए । सुविधासम्पन्न बन्ने यस क्लिनिकमा आयुर्वेदिक स्वास्थ्य सेवाको साथमा आधारभूत स्वास्थ्य सेवा प्रदान गरिने नगर स्वास्थ्य केन्द्रकी प्रमुख सम्झना रेग्मीले नारायणी अनलाइनलाई बताइन् । केन्द्रमा अहिले अहेब, अनमी र कार्यालय सहयोगी रहेको उनले बताइन् । सामान्य ड्रेसिङ, रुखा, खोकी, गर्भवती जाँच सेवाहरु केन्द्रमा उपलब्ध हुँदै आएको उनले जानकारी दिइन् ।