चितवन विशेष

नारायणीको पुलबाट फेरि एक महिलाले हाम फालिन्

Banner

चितवन,असार ५-

नारायणी नदिको पुलबाट फेरी एक महिलाले हाम फालेर बेपत्ता भएकी छन् । असार १ गते राप्ती नगरपालिका वीरेन्द्रनगरकी २१ वर्षीया कविता सापकोटा स्कुटरबाट झरेर नारायणी पुलबाट हाम फालेर बेपत्ता भएको एक साता नपुग्दै अर्की महिलाले हाम फालेकी हुन् ।

भरतपुर महानगरपालिका २१ पार्वतीपुर बस्ने ३३ बर्षिय विमला कुमालले आज विहान १०ः३० बजे नारायणी नदिको पुलबाट हाम फालेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

पुलमा उनले छाडेको झोलामा रहेको कागजातका आधारमा पहिचान खुलेको वडा प्रहरी कार्यालय नारायणगढले जानकारी दिएको छ । वेपत्ता महिलाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>