चितवन विशेष
चितवनमा बृहत योग शिविर हुने

चितवन, असार ४–
चितवनमा बृहत योग शिविर हुने भएको छ ।
पाँचौँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा चितवनको भरतपुरमा असार ६ गते बृहत योग शिविर आयोजना गरिएको हो । पतञ्जली योग समिति चितवनको आयोजनामा हुने शिविरको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।
योग शिविर जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा हुनेछ । कार्यक्रम प्रचार–प्रसार समितिका संयोजक टंकनाथ पौडेलले बिहान ५ देखि ७ बजेसम्म शिविर सञ्चालन हुने बुधबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । चितवनलाई योगमय बनाउन प्रचार–प्रसारलाई तिब्रता दिएको छ ।
शिविरमा कर्मचारी, जनप्रतिनिधिहरु, उद्योगी, व्यवसायी, टोल विकास संस्थाका पदाधिकारी, शिक्षक, प्राध्यापक, विद्यार्थी, योग साधक, नागरिक समाजलगायत सबैलाई सहभागी हुन योग दिवस जिल्ला समारोह समिति चितवनका संयोजक ज्ञानेन्द्र विक्रम महतले आग्रह गरे ।
























